हिमालय एअरलाइन्सले मनायो तेस्रो वार्षिकोत्सव

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २८ फाल्गुन २०७४, सोमबार ०२:०५

काठमाडौं–नेपालमा निजी क्षेत्रबाट सञ्चालित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले मार्च ९ मा  आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ ।
विगतका दुई वर्ष महत्वपूर्ण उपलब्धिसहित उड्डयन क्षेत्रमा स्थापित र सावित गराउने वर्ष बनेको निश्कर्ष  एयरलाइन्सले निकालेको छ ।

अहिले हिमालय एअरलाइन्ससँग तीनवटा ए३२० एयरबसका जहाजहरु सञ्चालनमा रहेका छन् भने दक्षिण एसियाली ट्राभल अवार्ड  (साटा) २०१७ मा दक्षिण एसियाको “प्रमुख नयाँ अन्तर्राष्ट्रिय वायुसेवा” जस्तो पहिलो अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्दै सम्मानित हुन सफल भएको छ ।

 

तेस्रो वार्षिकोत्सवको अवसरमा एअरलाइन्सले सोशल मिडिया क्वीजको सुरुवातसहित दर्शक सहभागिता कार्यक्रमको घोषणा गरेको छ ।  जुन फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा जारी रहने जनाइएको छ ।
सहभागीहरुलाई एअरलाइन्सको सोशल मिडिया पेजमा सेयर गरिएको लिंकमा क्लिक गरी हिमालय एअरलाइन्सको कुनै पनि गन्तव्यमा राउन्ड ट्रिप टिकट जित्ने मौकामा सामेल हुन आह्वान गरिएको छ । प्रतियोगिता मार्च १९, २०१८ सम्म मात्र रहने छ ।

लिंकः www.himalaya-airlines.com/quiz

यसैबीच एअरलाइन्समा वार्षिकोत्सवकै दिन दोहा, दुबई र क्वालालम्पुरका लागि यात्रा गर्ने यात्रुहरुसँग पनि जहाजभित्रै रेड भेल्भेट कपकेक वितरण गरी खुशीयाली साटासाट गरिएको छ ।

सो अवसरमा प्रतिकि«या दिदैँ हिमालय एअरलाइन्स प्रशासन तर्फका उपाध्यक्ष विजय श्रेष्ठले भने,  “महत्वपूर्ण उपलब्धिहरूसँगै अब हामी सगर्व भन्न सक्छौँ कि हिमालय एअरलाइन्स नेपालको निजी क्षेत्रको दु«त गतिमा अगाडि बढेको एक अन्तर्राष्ट्रिय वायुसेवा हो जुन सर्वोत्कृष्टता हासिल गर्न सदैव प्रयासरत छ, चाहे त्यो हाम्रा उडानहरुको समय सीमा प्रभावकारितामा होस् वा चाहे त्यो सबैभन्दा सजिलो एवम् प्रभावकारी समयको हवाईयात्रा सुनिश्चित गर्ने सवालमा होस् । हामीलाई अगाडि बढ्न प्रत्येक पाइलामा अथाह साथ दिनुहुने हाम्रा सबै यात्रुहरू,सहयोगीहरू र सरोकारवालाहरूलाई धन्यवाद दिन चाहन्छौँ । साथै, लक्की ड्र प्रतियोगिताका सम्पूर्ण सहभागीहरू प्रति शुभेच्छा व्यक्त गर्दछौँ ।”

एअरलाइन्स व्यवस्थापनले सुरक्षालाई प्रमुख उत्तरदायित्व तथा आफ्ना कर्मचारीहरूको हौसला बढाउने तत्वको रुपमा पहिचान गरेको जनाएको छ ।

विश्वव्यापी सुरक्षा मापदण्डहरूको अवलम्बन गर्ने तथा त्यसलाई कायम राख्ने कम्पनीको  सत्प्रयासलाई आइकाओ, जिएसिए, सिएएसी र सिएएबी जस्ता विभिन्न नागरिक उड्डयन संस्थाले सन् २०१७ मा गरिएका अडिटहरुका क्रममा अनुमोदन गरिसकेको एयरलाइन्सले  जनाएको छ ।

(Visited 1 times, 1 visits today)

२८ फाल्गुन २०७४, सोमबार ०२:०५ मा प्रकाशित

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts