काठमाडौँमा सार्क ‘विजनेश लिडर्स कनक्लेभ’ हुँदै

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २८ फाल्गुन २०७४, सोमबार ०२:०७

काठमाडौँ– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) राष्ट्रका उद्योगी व्यवसायीको छैटौँ व्यापार नेतृत्व सम्मेलन (विजनेश लिडर्स कनक्लेभ) काठमाडौँ हुने भएको छ ।  सार्क चेम्बर अफ कमर्शको आयोजनामा आगामी चैत २, ३ र ४ गते उक्त सम्मेलन हुन लागेको हो । यसअघि पाकिस्तानमा आयोजना गर्ने तयारी गरिएको सम्मेलन पाकिस्तानमा नहुने भएपछि नेपालमा आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सार्क उद्योग वाणिज्य संघका अध्यक्ष सुरज वैद्यले जानकारी दिए ।

उनले सार्क क्षेत्रका सर्वसाधारण र व्यावसायीले सार्कको सर्वोच्च संस्थारुपमा रहेको सार्क चेम्बरबाट धेरै आशा गरे तापनि राजनीतिक किचलोका कारण अपेक्षीकृत लाभ लिन नसकिएको बताए ।  सार्क क्षेत्रको साझा समृद्धि, सार्क देशमा व्यापार र लगानी प्रवद्र्धन, आर्थिक र राजनीतिक संकट, विश्व अर्थव्यवस्थामा सार्कको भूमिका, ऊर्जा र सहकारी क्षेत्रमा सार्कमा भएको सफलता र आगामी कार्यदिशालगायत विषयमा छलफल गरिनेछ ।

सम्मेलनमा ५० जना प्रतिष्ठित वक्ताले सहभागिता सुनिश्चित भएको आयोजकले जनाएको छ ।  त्यस्तै सार्क राष्ट्रका प्रतिनिधि, निजी क्षेत्र, प्राज्ञिक व्यक्तित्व तथा सञ्चार माध्यम गरी करिब २०० जनाको सहभागिता रहने बताइएको छ ।  यसअघि सन् २०११ मा पनि यस किसिमको सम्मेलन नेपालमा गरिएको थियो ।

(Visited 1 times, 1 visits today)

२८ फाल्गुन २०७४, सोमबार ०२:०७ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts