राष्ट्रियसभा अध्यक्षमा कांग्रेसले किन उम्मेदवारी दिएन ?

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २८ फाल्गुन २०७४, सोमबार ०९:३१

काठमाडौं । कांग्रेसले राष्ट्रियसभाको अध्यक्ष पदमा समेत उम्मेदवारी नदिने निर्णय गरेको छ। सभामुख पदमा माओवादी उम्मेदवारलाई सर्वसम्मत निर्वाचित गराउन सहयोग गरेको कांग्रेसले राष्ट्रियसभाको अध्यक्ष पदमा समेत उम्मेदवारी नदिने निर्णय गरेको हो।

पदीय गरिमा राख्ने व्यक्ति वाम गठबन्धनले चयन गरेको बताउँदै कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी नदिएको दाबी गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसदको शक्ति सन्तुलनलाई हेर्दासमेत राष्ट्रियसभामा उम्मेदवारी दिन आवश्यक नदेखिएको बताए। ‘राष्ट्रियसभा भनेको प्रबुद्ध व्यक्तिहरुको सभा भएकाले त्यसमा मत विभाजन नगर्ने निष्कर्षमा कांग्रेस पुगेको हो,’ उनले भने।

राष्ट्रियसभाको अध्यक्षमा एमालेबाट गणेश तिमिल्सिनाको एक्लो उम्मेदवारी परेको छ। अध्यक्षको निर्वाचन बुधबार हुँदैछ।

(Visited 1 times, 1 visits today)

२८ फाल्गुन २०७४, सोमबार ०९:३१ मा प्रकाशित

विशेष

सबै

देउवाविरुद्ध पौडेल– सिटौला आक्रामक, शंशाक चुपचाप के को तयारीमा ?

समाजखबर, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला र शशांक कोइराला एकै ठाउँ उभिएको भए यतिबेला कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विराजमान नहुन सक्थे । तर.....

ढाड सेक्नेगरी बढ्यो कर, हेर्नुस् के मा कति बढ्यो ?

काठमाडौं । काठमाडौं । मंगलबारदेखि नयाँ आर्थिक वर्ष सुरु भएको छ । सरकारले गएको जेठ १५ गते बजेट भाषणमा उल्लेख गरेका.....

कांग्रेसको प्रदेश समिति अझै बन्न सकेन

काठमाडौं । मुलुक संघीय संरचनामा गएको तीन वर्ष पुग्नै लागे पनि कांग्रेसमा प्रदेश समिति बन्न सकेको छैन ।.....

कम्युनिष्टलाई मार्क्सवाद पढाउने कांग्रेस नेता !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा मसालका नेता-कार्यकर्ता अहिले माक्र्सवाद सिक्न व्यस्त छन् ।.....

भारतीय राज्यसभामा नेपाली पनि बोल्न पाइने

काठमाडौं । भारतीय राज्यसभाका सदस्यहरुले अब नेपाली र मैथिली भाषमा पनि बोल्न पाउने भएका छन्। राज्यसभाका सभापति एम.....

Popular Posts