गगन र विश्वप्रकाशलाई कार्यकर्ताले घेरे, मिलेर जान दवाव !

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १ चैत्र २०७४, बिहीबार १४:००

काठमाडौं । गत सोमबार नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य महेन्द्र शर्मा एवं नेविसंघ सहमहामन्त्री साधना घिमिरेको बिहेको भोज भद्रकालीस्थित आर्मी अफिर्सस क्लबमा भइरहेको थियो । अधिकांश कांग्रेस नेता र कार्यकर्ता निम्तालु रहेको भोजमा सबै आ–आफ्नै पारामा ‘इन्ज्वाय’ गर्दै थिए ।

यत्तिकैमा कांग्रेस नेता गगन थापा भोजमा प्रवेश गर्छन् । व्यवस्थापिका संसदको बैठकमा खरो वक्तव्य दिएर प्रधानमन्त्री केपी ओलीलाई अप्ठ्यारोमा पारेकोले कांग्रेसवृत्तमा गगन चर्चामा थिए । भोजका अधिकांश सहभागिहरुले गगनलाई भेट्दै प्रभावकारी वक्तव्यका लागि धन्यवाद भने । केहीबेर गगन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा नजिकै पुगे । यत्तिकैमा दुवै नेता धेरै शुभचिन्तकहरुद्वारा घेरिए । कांग्रेस युवा नेता टेकराज पौडेल लगायतका नेताहरु पनि त्यहि थिए ।

अधिकांशले गगनलाई संसदको वक्तव्यका लागि धन्यवाद भने । गगनले सो वक्तव्यपछि आफूले धेरै ‘रेस्पोन्स’ पाएको बताए । अधिकांशले भोजमै गगन र विश्वप्रकाशलाई एकजुट हुन र पार्टीको सुधार गर्न आग्रह गरे । गगन र विश्वप्रकाश मिलेर अघि बढे कांग्रेस सबैभन्दा ठूलो दल बन्ने धेरैको सुझाव थियो ।

 

(Visited 1 times, 1 visits today)

१ चैत्र २०७४, बिहीबार १४:०० मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts