बेलायतलाई कूटनीतिक अधिकारीको सङ्ख्या समान बनाउन रूसको आग्रह

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १७ चैत्र २०७४, शनिबार ०८:०९

मस्को । रूसले बेलायतलाई हाल रहेको कूटनीतिज्ञको सङ्ख्या घटाएर रूसका बेलायतस्थित अधिकारीको समान बनाउन आग्रह गरेको छ ।

पूर्व विदेशमन्त्री सेर्गेइ स्क्रिपाल र उहाँकी ३३ बर्षीया छोरीको बेलायतमा रूसद्वारा गरेको हत्याप्रयासपछि बेलायत, अमेरिका लगायत केही यूरोपेली मुलुकले रूसविरुद्ध लिएको नीतिप्रति प्रतिक्रिया जनाउँदै रूसी विदेशमन्त्रालयले बेलायतलाई शुक्रबार उसका कूटनीतिक अधिकारीको सङ्ख्या घटाएर समान बनाउन आग्रह गर्नुभएको हो ।

विदेश मन्त्रालयले रूसका लागि बेलायती राजदूत लौरी ब्रिष्टोलाई मन्त्रालयमा बोलाई बेलायतले उत्तेजनात्मक तथा असङ्गतपूर्ण बदला लिन खोजेको र यसको रूसले कडा प्रतिकार गर्ने बताएको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उक्त बिषयलाई लिएर यस पहिले बेलायतले २३ जना रूसी अधिकारीलाई सात दिनभित्र देश छाड्न निर्देशन दिएको थियो भने रूसले पनि त्यति नै सङ्ख्यामा बेलायती अधिकारीलाई पर्काइदिएको थियो ।

यसै शिलशिलामा अमेरिका, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्याण्ड लगायतका मुलुकले पनि फरक फरक सङ्ख्यामा रूसी कुटनीतिज्ञलाई फिर्ता पठाउने निर्णय लिएका छन् भने रूसले पनि ती मुलुकका समान अधिकारीलाई स्वदेश फिर्ता पठाउने निर्णय लिएको छ ।

(Visited 1 times, 1 visits today)

१७ चैत्र २०७४, शनिबार ०८:०९ मा प्रकाशित

शीर्ष खबर

सबै

वसपार्क भन्दा असुरक्षीत बन्दै एयरपोर्ट , को हो ? मालीन्दो एयर विमान दुर्घटनाको दोषी

काठमाण्डौ,७ बैशाख । ठुला प्रकृतीका विमान दुर्घटना दोहोरीन थालेपछी त्रीभुवन अन्तर्राष्ट्रिय विमानस्थल वसपार्क भन्दा पनी असुरक्षीत बन्दै गएको आमजनताले महसुस गर्न थालेका छन् । बिहीबार राति त्रिभुवन.....

सरकारको विरुद्दमा यातायात व्यवसायी : अनिश्चीतकालीन यातायात बन्दको घोषणा

काठमाडौं । सरकारले गरेको यातायात सिन्डीकेटको विरुद्धमा यातायात व्यवसायीले अनिश्चीत कालीन यातायात बन्दको.....

वाम एकता नाटक मात्रै

काठमाण्डौ,५ बैशाख । नेकपा एमाले र माओवादी केन्द्रबीचको वाम एकता नाटक मञ्चन जस्तै भएको जनगुनासो ब्याप्त हुन.....

प्रदेश नं ३ का मुख्यमन्त्रीलाइ देउवाले भने राजधानी नसार्नुस

बैशाख,४ हेटौंडा । नेपाली कांग्रेसका सभापति एवम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नं ३ प्रदेशको राजधानी.....

भ्रममा भारत

बौद्ध धर्मावलम्बीको आकर्षणको केन्द्र रहेको श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्मस्थलबारे.....

Popular Posts