स्थानीयको कुटपिटबाट वडा अध्यक्षको मृत्यु

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १७ चैत्र २०७४, शनिबार ०८:४३

पाँचथर । स्थानीय बासिन्दाको कुटपिटपछि बिरामी परेका पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ७ का अध्यक्ष तीर्थराज तिम्सिनाको मृत्यु भएको भएको छ ।

हिलिहाङ-७ स्थित तम्फुला सडक आयोजनाको अनुगमनका क्रममा स्थानीय भीम योक्पाङदेन र उनका छोरा सुवास योक्पाङदेनले तिम्सिनालाई चैत ११ गते कुटपिट गरेको प्रहरीले जनाएको छ ।
त्यसपछि बिरामी परेका वडाध्यक्ष तिम्सिनाको शुक्रबार साँझ मृत्यु भएको हो । सडक निर्माणका क्रममा स्काभेटर लगाउँदा घरमा जोड्ने बिजुलीको तार छिनेको विषयलाई लिएर तिम्सिनालाई कुटपिट गरिएको थियो । तिम्सिनाले बिहीबार आफूमाथि भएको कुटपिटको विषयमा पीडकमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही गर्न जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दर्ता गराएका थिए । आफूलाई सार्वजनिक स्थलमा छातीमा समातेर पछार्दै कुटपिट गर्नुका साथै अपशब्द प्रयोग गरेको उनले उजुरीमा उल्लेख गरेको प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी विज्ञान बस्नेतले बताए ।
कुटपिटपछि शारीरिक र मानसिक रुपमा कमजोर भएका उनलाई उपचारका लागि फिदिमस्थित पाथीभरा अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँबाट चिकित्सकले रेफर गरेपछि उपचारका लागि झापा लैजाँदै गर्दा इलामको नेपालटार पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । तिम्सिनाको शव अहिले पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर पुर्‍याइएको छ ।
यसैबीच, हिलिहाङ गाउँपालिकाले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।
(Visited 1 times, 1 visits today)

१७ चैत्र २०७४, शनिबार ०८:४३ मा प्रकाशित

शीर्ष खबर

सबै

वसपार्क भन्दा असुरक्षीत बन्दै एयरपोर्ट , को हो ? मालीन्दो एयर विमान दुर्घटनाको दोषी

काठमाण्डौ,७ बैशाख । ठुला प्रकृतीका विमान दुर्घटना दोहोरीन थालेपछी त्रीभुवन अन्तर्राष्ट्रिय विमानस्थल वसपार्क भन्दा पनी असुरक्षीत बन्दै गएको आमजनताले महसुस गर्न थालेका छन् । बिहीबार राति त्रिभुवन.....

सरकारको विरुद्दमा यातायात व्यवसायी : अनिश्चीतकालीन यातायात बन्दको घोषणा

काठमाडौं । सरकारले गरेको यातायात सिन्डीकेटको विरुद्धमा यातायात व्यवसायीले अनिश्चीत कालीन यातायात बन्दको.....

वाम एकता नाटक मात्रै

काठमाण्डौ,५ बैशाख । नेकपा एमाले र माओवादी केन्द्रबीचको वाम एकता नाटक मञ्चन जस्तै भएको जनगुनासो ब्याप्त हुन.....

प्रदेश नं ३ का मुख्यमन्त्रीलाइ देउवाले भने राजधानी नसार्नुस

बैशाख,४ हेटौंडा । नेपाली कांग्रेसका सभापति एवम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नं ३ प्रदेशको राजधानी.....

भ्रममा भारत

बौद्ध धर्मावलम्बीको आकर्षणको केन्द्र रहेको श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्मस्थलबारे.....

Popular Posts