माइकलपुत्री पेरिस समलिंगी प्रेममा

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १७ चैत्र २०७४, शनिबार ०८:५९

चर्चित पपस्टार स्वर्गीय माइकल ज्याक्सनकी छोरी पेरिस ज्याक्सनले आफू समलिंगी भएको खुलासा गरेकी छन् । १९ वर्षीया पेरिसले यो पनि खुलाइन् कि उनी ब्रिटिस मोडल तथा अभिनेत्री कारा डेलेवेनसँग रिलेसनसिपमा छिन् ।

यो थाहा पाएपछि पेरिसका भाइ प्रिन्सले भनेका छन्, ‘यदि माइकल ज्याक्सन जीवित हुन्थे भने यो थाहा पाएर गर्व महसुस गर्थे ।’

लामो समयदेखि पेरिस र काराको सम्बन्धबारे सञ्चारमाध्यममा गसिप बनेको थियो । तर, पहिलोपटक मात्रै दुवैजनाले सम्बन्धबारे खुलेर बोलेका छन् ।

ज्याक्सन परिवार पनि पेरिसको यो रोजाइले खुसी छन् । केही समयपहिले पेरिस र काराले एक–अर्कालाई चुम्बन गरिरहेको तस्बिर सार्वजनिक भएको थियो । जुन तस्बिर भाइरल भएको थियो ।

गत वर्ष मे २०१७ मा एमटिभी मुभी एन्ड टिभी अवार्ड समारोहमा यी दुईको भेटघाट भएको थियो । त्यसपछि भेटघाटको क्रम बाक्लियो । अहिले यी दुईको सम्बन्ध संसारभर चर्चाको विषय बनेको छ ।

(Visited 1 times, 1 visits today)

१७ चैत्र २०७४, शनिबार ०८:५९ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts