वर्षाले एक करोड बराबरको काँचो इँट्टा क्षति

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २६ चैत्र २०७४, सोमबार ०५:४३

कञ्चनपुर, २६ चैत । लगातारको वर्षाका कारण कञ्चनपुरमा रु एक करोड मूल्य बराबरको काँचो इँट्टा नोक्सानी भएको छ । सुकाउनका लागि तयारी अवस्थामा राखिएका काँचो इँट्टा वर्षाको पानीले भिजेर क्षति भएको हो ।

महाकाली इँट्टा टायल उद्योग व्यवसायी संंघ कञ्चनपुरका अध्यक्ष बलदेवसिंह बुडालका अनुसार यहाँ सञ्चालित ३९ उद्योगका झण्डै दश लाखभन्दा बढी इँट्टामा नोक्सानी पुगेको छ । प्रतिइँट्टाको लागत रु ९ देखि रु १२ सम्म पर्ने गरेको छ । इँट्टा उत्पादनका लागि पानी नपर्ने गरेका कारण चैत महिनालाई उपयुक्त महिनाका रूपमा लिइने गरिन्छ । “लगातार वर्षा होला भनेर सोचेका थिएनौँ”, “भारतबाट इँट्टा बनाउने मजदुर झिकाएर धमाधम इँट्टा तयार पार्दै थियौँ वर्षाले गर्दा सबै नोक्सानी भएको छ ” । अध्यक्ष बुडालले भन्नु भयो ।

(Visited 1 times, 1 visits today)

२६ चैत्र २०७४, सोमबार ०५:४३ मा प्रकाशित

विशेष

सबै

देउवाविरुद्ध पौडेल– सिटौला आक्रामक, शंशाक चुपचाप के को तयारीमा ?

समाजखबर, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला र शशांक कोइराला एकै ठाउँ उभिएको भए यतिबेला कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विराजमान नहुन सक्थे । तर.....

ढाड सेक्नेगरी बढ्यो कर, हेर्नुस् के मा कति बढ्यो ?

काठमाडौं । काठमाडौं । मंगलबारदेखि नयाँ आर्थिक वर्ष सुरु भएको छ । सरकारले गएको जेठ १५ गते बजेट भाषणमा उल्लेख गरेका.....

कांग्रेसको प्रदेश समिति अझै बन्न सकेन

काठमाडौं । मुलुक संघीय संरचनामा गएको तीन वर्ष पुग्नै लागे पनि कांग्रेसमा प्रदेश समिति बन्न सकेको छैन ।.....

कम्युनिष्टलाई मार्क्सवाद पढाउने कांग्रेस नेता !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा मसालका नेता-कार्यकर्ता अहिले माक्र्सवाद सिक्न व्यस्त छन् ।.....

भारतीय राज्यसभामा नेपाली पनि बोल्न पाइने

काठमाडौं । भारतीय राज्यसभाका सदस्यहरुले अब नेपाली र मैथिली भाषमा पनि बोल्न पाउने भएका छन्। राज्यसभाका सभापति एम.....

Popular Posts