प्रसादमा निसन्तानको कथा !

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २७ चैत्र २०७४, मंगलवार ०४:१४

काठमाडौं: फिल्म ‘प्रसाद’ बन्ने भएको छ। सोमबार फिल्मको औपचारिक घोषणा गरियो। फिल्म पत्रकार सुशिल पौडेलको कथा पटकथा लेखनमा बनेको फिल्मलाई दिनेश राउतले निर्देशन गर्नेछन्।

नम्रता श्रेष्ठ, विपिन कार्की र नविन मानन्धरको शीर्ष अभिनय रहनेछ। नम्रता र विपिन श्रीमान-श्रीमतिको भूमिकामा रहनेछन्। निःसन्तान रहनुका कारण पति र पत्निबीच सिर्जना हुने अवस्था फिल्मको मुख्य द्वन्द्व हो।

फिल्मको विषय बारे बोल्दै लेखक रहेका सुशिल पौडेलले उक्त कथाको विषय आफू कक्षा ९ मा पढ्दै सोचेको खुलाए। भने,’विषय गम्भिर र समाजले सहज रुपमा नस्विकार्ने भएका कारण मैले कसैलाई भनिन। गाली खाने डर पनि थियो। सोही विषयलाई अहिले फिल्मको रुप दिन पाउँदा उत्साहित छु नै साथै फेरी पनि डर लागेको छ।’

सुवास थापा निर्माता रहेको फिल्म छायांकनका लागि बैशाख पहिलो साताबाट फ्लोरमा उत्रनेछ। राजेश श्रेष्ठले खिच्ने फिल्ममा कोशिस क्षेत्री र सुवास भुषालको संगीत रहनेछ।

(Visited 1 times, 1 visits today)

२७ चैत्र २०७४, मंगलवार ०४:१४ मा प्रकाशित

शीर्ष खबर

सबै

वसपार्क भन्दा असुरक्षीत बन्दै एयरपोर्ट , को हो ? मालीन्दो एयर विमान दुर्घटनाको दोषी

काठमाण्डौ,७ बैशाख । ठुला प्रकृतीका विमान दुर्घटना दोहोरीन थालेपछी त्रीभुवन अन्तर्राष्ट्रिय विमानस्थल वसपार्क भन्दा पनी असुरक्षीत बन्दै गएको आमजनताले महसुस गर्न थालेका छन् । बिहीबार राति त्रिभुवन.....

सरकारको विरुद्दमा यातायात व्यवसायी : अनिश्चीतकालीन यातायात बन्दको घोषणा

काठमाडौं । सरकारले गरेको यातायात सिन्डीकेटको विरुद्धमा यातायात व्यवसायीले अनिश्चीत कालीन यातायात बन्दको.....

वाम एकता नाटक मात्रै

काठमाण्डौ,५ बैशाख । नेकपा एमाले र माओवादी केन्द्रबीचको वाम एकता नाटक मञ्चन जस्तै भएको जनगुनासो ब्याप्त हुन.....

प्रदेश नं ३ का मुख्यमन्त्रीलाइ देउवाले भने राजधानी नसार्नुस

बैशाख,४ हेटौंडा । नेपाली कांग्रेसका सभापति एवम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नं ३ प्रदेशको राजधानी.....

भ्रममा भारत

बौद्ध धर्मावलम्बीको आकर्षणको केन्द्र रहेको श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्मस्थलबारे.....

Popular Posts