नेपालको १५ बिगाहा जमीन भारतमा

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २७ चैत्र २०७४, मंगलवार ०५:५९

कञ्चनपुर, २७ चैत ।

नेपाल भारतको संयुक्त सीमा सर्भे फिल्ड टोलीको सर्भेक्षणमा कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाका डेढ दर्जन परिवारको करीब १५ बिगाहाभन्दा बढी जमिन भारतमा परेको देखाएको छ ।
भारतमा परेका जमिनमा स्थानीयले जग्गाधनी पूर्जा बनाएर वर्षौंदेखि भोगचलन गर्र्दै आएका छन् । भारतीय सीमा कम्बोजनगर छुट्याउने ३४ नम्बर सीमा स्तम्भ नजिकको जमिन भारतमा परेको छ । यस क्षेत्रमा सीमा नक्सांकन गरिएको छ ।

स्थानीय टीकाराम पन्तले २० परिवारको करीब १५ बिगाहाभन्दा बढी जमिन भारतमा परेको बताउनुभयो । कम्बोजनगर एसएसबीको चौकी नजिकको ३४ नम्बर सीमा स्तम्भभन्दा ३० मिटर उता नै जमिन थियो, पहिला त्यहाँ खल्ला थियो स्थानीय पन्तले भन्नुभयो, “अहिले त खल्ला हुँदै यता ९नेपालतिर० ल्याएर यताको जमिन त उता पारिएको छ ।”

साविक ३४ नम्बर सीमा स्तम्भको सट्टा नयाँ ७८२ नम्बरको सीमा स्तम्भमा सूचना टाँस गरिएको छ । यसले केही परिवार घरबारविहीन हुने अवस्थामा पुगेका छन् ।

यसअघि कम्बोजनगर एसएसबी पोष्टका सुरक्षाकर्मी सो जमिनमा गस्तीका क्रममा समेत नआएको स्थानीय बताउँछन् ।
स्थानीयले दर्ता जमिन नकाटेर साविक कायम हुनुपर्ने माग अघि सारेका छन् । “यो जमिन दर्ता हो, दर्तालाई किन काट्ने, त्यो जमिन जसको हो उसैको हुन पर्ने माग गरेका छौँ” स्थानीय पन्तले भन्नुभयो । तत्कालीन राजा महेन्द्रले विसं २०२८ मा उनीहरुलाई सीमा क्षेत्रमा बसाएका थिए ।

प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले संयुक्त सीमा सर्भेक्षणमा दुवै देशको जमिन एक अर्काकोमा पर्न सक्ने बताउनुभयो । यताको जमिन उता जान सक्छ, उताको यता आउन सक्छ प्रमुख जिल्ला अधिकारी खड्काले भन्नुभयो, “यो स्वभाविक नै हो ।”

संयुक्त टिमले भुडामा नक्सांकन गरी रेकी लगाएको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी खड्काले कञ्चनपुरमा भने कुनै ठाउँमा पनि सीमा विवाद नदेखिएको बताउनुभयो ।

भुडाका चन्द्रदेव पन्त, विक्रम थापा, धनीदत्त भट्ट, भवानी भट्ट, मानसिंह थापालगायतको जमिन भारततिर देखाइएको छ । संयुक्त सीमा सर्भे टोलीले कञ्चनपुरमा नेपाल भारत सीमा पिल्लर ७७०९२ देखि ७६८९१ सम्म ४० करीब चार किलोमिटर क्षेत्रमा सीमा यकिन गर्ने जिम्मेवारी लिएर सर्भे गरिरहेको छ ।

 

(Visited 1 times, 1 visits today)

२७ चैत्र २०७४, मंगलवार ०५:५९ मा प्रकाशित

शीर्ष खबर

सबै

वसपार्क भन्दा असुरक्षीत बन्दै एयरपोर्ट , को हो ? मालीन्दो एयर विमान दुर्घटनाको दोषी

काठमाण्डौ,७ बैशाख । ठुला प्रकृतीका विमान दुर्घटना दोहोरीन थालेपछी त्रीभुवन अन्तर्राष्ट्रिय विमानस्थल वसपार्क भन्दा पनी असुरक्षीत बन्दै गएको आमजनताले महसुस गर्न थालेका छन् । बिहीबार राति त्रिभुवन.....

सरकारको विरुद्दमा यातायात व्यवसायी : अनिश्चीतकालीन यातायात बन्दको घोषणा

काठमाडौं । सरकारले गरेको यातायात सिन्डीकेटको विरुद्धमा यातायात व्यवसायीले अनिश्चीत कालीन यातायात बन्दको.....

वाम एकता नाटक मात्रै

काठमाण्डौ,५ बैशाख । नेकपा एमाले र माओवादी केन्द्रबीचको वाम एकता नाटक मञ्चन जस्तै भएको जनगुनासो ब्याप्त हुन.....

प्रदेश नं ३ का मुख्यमन्त्रीलाइ देउवाले भने राजधानी नसार्नुस

बैशाख,४ हेटौंडा । नेपाली कांग्रेसका सभापति एवम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नं ३ प्रदेशको राजधानी.....

भ्रममा भारत

बौद्ध धर्मावलम्बीको आकर्षणको केन्द्र रहेको श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्मस्थलबारे.....

Popular Posts