रोमाञ्चक खेलमा टीम चौराहा धनगढी प्रिमियर लिग को फाइनलमा

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २७ चैत्र २०७४, मंगलवार ०८:२३

आजको निकै प्रतीस्प्रधात्मक खेलमा काठमाडौं गोल्डेनलाई १ विकेटले पराजित गर्दै धनगढीको टीम चौराहा धनगढी प्रिमियर लिग को फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको क्वालिफायर चरणको खेलमा काठमाडौं गोल्डेन्सले दिएको १२८ रनको लक्ष्य टीम चौराहाले १ बल बाँकी छँदा ९ विकेट गुमाएर भेट्टायो ।

अन्तिम ओभरको खेल बाँकी रहँदा टीम चौराहालाई ४ बलमा १० रन आवश्यक थियो । उसँग ३ विकेट बाँकी थियो । अन्तिम ओभरको २ बल बाँकी हुँदासम्म टीम चौराहाले २ विकेट गुमाइसकेको थियो भने जम्मा ४ रन मात्र जोडेको थियो । पाँचौ बलमा सम्सद शेखले छक्का प्रहार गरेपछि टीम चौराहा विजयी भयो ।

चौराहाको जितका लागि रोहन मुस्ताफाले ३३ र शंकर रानाले २८ रन,जोडे । त्यसैगरी सोनु तामाङले १४ र सुनिल धमलाले १३ रन जोडे । बलिङतर्फ काठमाडौं गोल्डेन्सका सहाब आलम, सन्नी पटेल र रसिद खानले समान २ विकेट लिए भने ललित राजवंशी र सुवोध भाटीले १ ,१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं गोल्डेन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२७ रन बनाएको थियो । उसका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३८, अमित श्रेष्ठले ३६, पुष्प थापाले नटआउट १६ रन जोडे ।

बलिङतर्फ टीम चौराहाका सोमपाल कामी, ललित सिंह भण्डारीले २, २ विकेट लिए भने सुनिल धमला, संसद सेख र रोहन मुस्ताफाले समान १,१ विकेट लिए ।

(Visited 1 times, 1 visits today)

२७ चैत्र २०७४, मंगलवार ०८:२३ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts