आइजिपी अर्याल सँगै दुई दर्जन उच्च प्रहरी अधिकृत घर जादै

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २७ चैत्र २०७४, मंगलवार ०९:५५

काठमाण्डौ ।

नेपालमा प्रहरीका आइजिपी प्रकाश अर्यालसहित दुई दर्जन बढी उच्च प्रहरी अधिकृत नियमित अवकाश पछि घर जादै छन्।

चैत २८ गते बुधबारबाट आइजिपी अर्यालसहित १६ जना एआइजी, ९ जना डिआइजी र १ जना एसएसपी नियमित अवकाशमा जान लागेका हुन्।
एसएसपी शुभाषचन्द्र चौधरी भने गत सोमबारबाट नै अवकाशमा गइसकेका छन्।

आइजिपी अर्यालसँगै ३० वर्षे सेवा अवधिबाट एआइजीहरु कमलसिंह बम, केशरीराज घिमिरे, जयबहादुर चन्द, देबेन्द्र सुवेदी, पंकज श्रेष्ठ अवकाशमा जादैँछन् ।

त्यस्तै एआइजीहरु पशुपति उपाध्याय, बमबहादुर भण्डारी, बिजयकुमार भट्ट, बिजयलाल कायस्थ, मधु प्रसाद पुडासैनी, माधव प्रसाद नेपाल, माधवप्रसाद जोशी, मिङ्मार लामा, रणबहादुर चन्द र हेमन्तबहादुर पाल पनि बुधबारबाट अवकाशमा जाने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

त्यस्तै डिआइजीहरु केदारमानसिंह भण्डारी, गणेश केसी, गोबिन्द प्रसाद निरौला, पुष्कलराज रेग्मी, पुष्पचन्द्र रन्जित, रमेशकुमार भट्टराई, रोमेन्द्रसिंह देउजा सुदीप आर्चाय अवकाशमा जान लागेका छन्।

बुधबारबाट नै एसएसपी विष्णुहरी गौतम अवकाशमा जाने छन् भने उनका ब्याजी एसएसपी शुभाषचन्द्र चौधरी ६ वर्षे पदावधिका कारण सोमबार अवकाशमा गइसकेका छन्।

 

(Visited 1 times, 1 visits today)

२७ चैत्र २०७४, मंगलवार ०९:५५ मा प्रकाशित

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts