इलाममा आगो लाग्यो १५ लाखको क्षति

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २७ चैत्र २०७४, मंगलवार १०:४३

मंगलबारे,  २७ चैत्र ।
इलाम नगरपालिका– ९ गोलाखर्कमा आज आगलागी भएको छ । आगलागीबाट रु १५ लाख बराबरको धनमाल क्षति भएको छ ।
स्थानीयवासी यामबहादुर भण्डारीको दुईतले घरमा आज दिउँसो आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो । दिउँसो घरमा कोही नभएको बेला आगलागी भएको बताइएको छ । विद्युत् चुहिएर आगलागी भएको अनुमान गरिएको छ ।

इलाम नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीद्वारा आगो लागी नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट भण्डारीको ढुङ्गामाटोले बनेको दुईतले घरसहित खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा र अन्य सामग्री समेत जलेर नष्ट भएको छ ।

(Visited 1 times, 1 visits today)

२७ चैत्र २०७४, मंगलवार १०:४३ मा प्रकाशित

विशेष

सबै

सरकारको ५ महिना ‘कुशासनको मानक थालनी’

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ५ महिने अवधी पूरा गरेको छ । ५ महिने कार्यकाललाई ‘सुशासनको मानक थालनी’ दावी गर्दै सरकारले ७४ पृष्ठ लामो उपलब्धी पुस्तिका सार्वजनिक गरेको छ ।.....

अधिनायकवाद विरुद्ध लड्ने कि आफै लडेर सिद्धिने, नेविसंघले सोच्नुपर्छ : उपाध्यक्ष परियार

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष सागर परियारले विधानअनुसार थप हुने ३ महिनाको अवधिभित्र.....

संवाद

सबै
देउवा पौडेल अभिभावक, दोस्रो पुस्तामा पार्टी नेतृत्व : मिनेन्द्र रिजाल

समसामयिक राजनीतिक विषयमा नेपाली कांग्रेसका नेता एवं सांसद डा. मिनेन्द्र रिजालसंग गरिएको विचारोत्तेजक कुराकानी ।   डा.केसीको अनशन टुंगिएपछि काँग्रेसको धारणा के छ..

 

 

 

Popular Posts