शिक्षामन्त्रीको सम्पत्ति :२३ रोपनी जग्गा, साढे ३ लाख बैंक ब्यालेन्स र रेडीयोमा ५ हजार लगानी

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २९ चैत्र २०७४, बिहीबार ०३:४४

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर मन्त्री पोखरेलले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री कार्यालयमा पेश गरेको विवरणअनुसार मन्त्री पोखरेलको पैतृक स्रोतबाट प्राप्त खोटाङ रावावेशी गाउँपालिका वडा नम्बर २ मा कित्ता नं २२५ को १२ रोपनी, २ आना र १० रोपनी, १४ आना २ पैसा १ दाम जग्गा छ । सो जग्गा अंशवण्डाबाट आएको र कनक स्मृति प्रतिष्ठानलाई प्रदान गरेको उनले उल्लेख गरेका छन् ।

मन्त्री पोखरेलको एभरेष्ट बैंक पुलचोक शाखामा ३ लाख ६७ हजार रुपैयाँ छ । रुपाकोट सामुदायिक रेडियो खोटाङमा मन्त्री पोखरेलले ५ हजार लगानी गरेको उल्लेख गरेका छन् । सो रुपैयाँ संविधानसभाको सदस्य, मन्त्री र व्यवस्थापिका संसदको सदस्य हुँदा आर्जन गरेको उनले उल्लेख गरेका छन् । त्यस्तै, उनको नाममा नेपाल बंगलादेश बैंकमा १३ हजार ९ सय ९३ रुपैयाँ छ । जनएकता साप्ताहिकको सम्पादक–प्रकाशक हुँदा सो रकम प्राप्त भएको उनले उल्लेख गरेका छन् ।

(Visited 1 times, 1 visits today)

२९ चैत्र २०७४, बिहीबार ०३:४४ मा प्रकाशित

शीर्ष खबर

सबै

९ लाख तेस्रो लिङ्गी मध्ये १ सय ६७ को मात्रै नागरिकता

काठमाडौं । नेपालमा ९ लाख यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्ति रहेको एक तथ्यांकले देखाएको छ । जसअन्तर्गत समलिङ्गी पुरुष, समलिङ्गी महिला, तेस्रो लिङ्गी पुरुष, तेस्रो लिङ्गी महिला, द्धिलिङ्गी महिला,.....

विधिसम्मत नियुक्ति खारेज गरिएकोमा देउवा रुष्ट

मन्थली । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले आफू नेतृत्वको सरकारले विधि सम्बत गरेका राजनीतिक नियुक्ती.....

कोशीको बहाव बढ्दो, नआत्तिन प्रशासनको आग्रह

सुनसरी । पूर्वमा लगातार वर्षा भएसँगै सप्तकोशी नदीको बहावमा घटी–बढी हुने क्रम जारी छ । बुधबार बिहान आठ बजे कोशी.....

सडक बनाउन माग गर्दै चक्काजाम

काठमाडौं । चाबहिल–बौद्ध–जोरपाटी–साँखु र सुन्दरीजल सडक बिस्तार एवं निर्माण छिटो हुनुपर्ने माग राखी आज बिहान.....

काठमाडौंमा १ सय ४३ स्थानमा पार्किङको व्यवस्था तर समस्या उस्तै !

अच्यूत रेग्मी । ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि उपत्यकाको १४३ स्थानमा दुईपांग्रे र चारपांग्रे सवारी.....

Popular Posts