प्रदेश नं ३ का मुख्यमन्त्रीलाइ देउवाले भने राजधानी नसार्नुस

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ४ बैशाख २०७५, मंगलवार ०८:०७

बैशाख,४ हेटौंडा ।

नेपाली कांग्रेसका सभापति एवम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नं ३ प्रदेशको राजधानी हेटौँडाबाट अन्यत्र प्रदेश नसार्न मुख्यमन्त्री डोरमणि पौडेलसँग आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्री देउवाले कांग्रेसको नेतृत्वमा रहेको तत्कालीन सरकारले हेटौँडालाई अस्थायी राजधानी तोकेको बताउँदै प्रदेशसभामा काभ्रेपलाञ्चोक र नुवाकोटलाई प्रदेश राजधानी बनाउन दर्ता भएको दुई प्रस्ताव तत्काल छलफलमा नल्याउन र त्यसबारे हाल निर्णय नगर्न पनि आग्रह गरे ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल र प्रतिनिधिसभाका सदस्य विरोध खतिवडाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले पनि मंगलबार नेता देउवालाई भेटी अस्थायी राजधानी अन्यत्र नसार्नका लागि प्रमुख प्रतिपक्ष दलका नेताको हैसियतले भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

 

(Visited 1 times, 1 visits today)

४ बैशाख २०७५, मंगलवार ०८:०७ मा प्रकाशित

शीर्ष खबर

सबै

नेविसंघको म्याद गुज्रियो, थप्ने की हटाउने ?

काठमाडौं । काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल बिद्यार्थी संघ नेविसंघको केन्द्रीय कार्यसमितिको म्याद आजबाट सकिँदै छ । कांग्रेसले आज राती सम्म म्याद थप नगरेमा नेविसंघको केन्द्रीय समिति स्वतः.....

मुलुक नै भूकम्प प्रतिरोधी बनाउने अभियानमा छौ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताएका छन् । २१औं.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts