वाम एकता नाटक मात्रै

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ५ बैशाख २०७५, बुधबार ०५:५८

काठमाण्डौ,५ बैशाख ।

नेकपा एमाले र माओवादी केन्द्रबीचको वाम एकता नाटक मञ्चन जस्तै भएको जनगुनासो ब्याप्त हुन थालेको छ । चुनावी स्वार्थको लागी शुरु भएको वाम एकता अभियान अन्तत हराएर जाने सम्भावना बढेको छ ।

वैशाख ९ गते हुने भनिएको पार्टी एकता पनी टरेको छ। मंगलबार बसेको पार्टी एकता संयोजन समितिको बैठकमा ‘विवादित’ विषयहरुलाई टुंगो लगाउन नसक्दा पार्टी एकता ९ गतेलाई टरेको हो।

मंगलबार बसेको बैठकपछि सञ्चारकर्मीमाझ एमालेका महासचिव तथा रक्षामन्त्री ईश्वर पोखरेलले दुई पार्टीबीच एकताका विषयमा कुनै पनि विवादित विषय नभएको दाबी गरे। तर, पनि एकता ९ गते हुन नसक्ने स्पष्ट संकेत दिए।

उनकै शब्दमा भन्ने हो भने पनि पार्टी एकताका लागि ‘केही विषयहरु’मा फाइनल टच दिन बाँकी छ। दुई पार्टीबीच एकताका लागि गठन भएका दुई कार्यदलले बुझाएका मस्यौदामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिन वैशाख ९ गते पार्टी एकता गर्न सुझाब दिएका थिए।

कार्यदलले बुझाएका प्रतिवेदनमा विवादित भनिएका विषयहरु ‘जनयुद्ध’, चुनाब चिन्ह र आधा आधा’ले एकता प्रक्रियालाई लम्बाउँदै लगेको हो। दुई दलले यस विषयमा आफ्ना आफ्नै अडान राख्दै आएका छन्।

माओवादीले राजनीतिक प्रतिवेदन तथा पार्टीको विधान प्रस्तावनामा ‘जनयुद्ध’ सामावेश गर्नुपर्ने अडान राख्दै आएको छ। त्यस्तै चुनाव चिन्हमा ‘हसिया हतौडा’लाई समेत समावेश गर्नुपर्ने अडान राख्दै आएको छ।

सोमबारमात्र माओवादी निकट युवाहरुले अध्यक्ष प्रचण्डलाई भेट गरी ‘जनयुद्ध’ पार्टीको प्रतिवेदन तथा विधानको प्रस्तावमा समावेश गर्नुपर्ने दबाब दिएका थिए।

सबैभन्दा पेचिलो ‘विवाद’ एमाले महासचिव पोखरेलको शब्दमा ‘फाइनल टच’ दिन बाँकी विषय भनेको ‘फिप्टी–फिप्टी’ हो। माओवादी केन्द्रले पार्टी एकता समानताका आधारमा हुनुपर्ने बताउँदै आएको छ।

अध्यक्ष प्रचण्डलाई पार्टी भित्रैबाट पनि यस विषयमा दबाब परिरहेको छ। पार्टीका दोस्रो तहका नेताहरु एकता पछि आफ्नो स्थान कहाँ भन्ने विषय प्रचण्डसँग पुर्यााइरहेका छन्। प्रचण्ड आफै पनि पार्टी एकता पछि पार्टीको शक्तिशाली अध्यक्ष बन्न चाहन्छन्।

पार्टी एकतापछि हुने पहिलो महाधिवेशनपछि सहमतिमा शक्तिशाली अध्यक्ष हुन चाहन्छन् प्रचण्ड। तर, प्रचण्ड सहमतिमा अध्यक्ष हुने बाटो जटिल बन्दै गए पछि एकता पनि टाढिएको विश्लेषण गरिएको छ।

माओवादी नेतृत्वले पार्टी एकता ‘सम्मानजनक’ हुनुपर्ने बताउँदै आएका छ। ‘एकता हुँदा सम्मानजनक हुनुपर्छ,’ माओवादी केन्द्रका एक कार्यालय सदस्यले भने, ‘यो संख्या पनि हो। एमालेसँग एकता हुने हो माओवादी एमालेमा विलय हुने होइन। सम्मानजनक सहभागिता नभए एकता हुन सक्दैन।’

 

(Visited 1 times, 1 visits today)

५ बैशाख २०७५, बुधबार ०५:५८ मा प्रकाशित

विशेष

सबै

सरकारको ५ महिना ‘कुशासनको मानक थालनी’

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ५ महिने अवधी पूरा गरेको छ । ५ महिने कार्यकाललाई ‘सुशासनको मानक थालनी’ दावी गर्दै सरकारले ७४ पृष्ठ लामो उपलब्धी पुस्तिका सार्वजनिक गरेको छ ।.....

अधिनायकवाद विरुद्ध लड्ने कि आफै लडेर सिद्धिने, नेविसंघले सोच्नुपर्छ : उपाध्यक्ष परियार

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष सागर परियारले विधानअनुसार थप हुने ३ महिनाको अवधिभित्र.....

संवाद

सबै
देउवा पौडेल अभिभावक, दोस्रो पुस्तामा पार्टी नेतृत्व : मिनेन्द्र रिजाल

समसामयिक राजनीतिक विषयमा नेपाली कांग्रेसका नेता एवं सांसद डा. मिनेन्द्र रिजालसंग गरिएको विचारोत्तेजक कुराकानी ।   डा.केसीको अनशन टुंगिएपछि काँग्रेसको धारणा के छ..

 

 

 

Popular Posts