वसपार्क भन्दा असुरक्षीत बन्दै एयरपोर्ट , को हो ? मालीन्दो एयर विमान दुर्घटनाको दोषी

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ७ बैशाख २०७५, शुक्रबार ०६:१३

काठमाण्डौ,७ बैशाख ।

ठुला प्रकृतीका विमान दुर्घटना दोहोरीन थालेपछी त्रीभुवन अन्तर्राष्ट्रिय विमानस्थल वसपार्क भन्दा पनी असुरक्षीत बन्दै गएको आमजनताले महसुस गर्न थालेका छन् ।

बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घाँसे मैदानमा दुर्घटनाग्रस्त हुन पुगेको मालिन्दो एयरको जहाजमा कस्को कमजोरी र कीन भन्ने विषय पनी मौन छ ।

यद्दपी अहिले विमान दुर्घटनास्थलबाट हटाउने र उडान सञ्चालन गर्नेमा सबैको ध्यान छ ।

मालिन्दो एयरको जहाज बिहिबार बेलुका ९ः४५ मा मलेसिया उडानको क्रममा अनियन्त्रित भएर धावनमार्गबाट चिप्लिएर दक्षिणतर्फ १३९ फिट अगाडि गएर धसिएको थियो ।

अहिले करिब १२ घण्टापछि जहाज तान्ने काम अन्तिम चरणका पुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणका उप–महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

जहाज धानवमार्गबाट चिप्लिएर चौरमा पुगेपछि बन्द भएको विमानस्थलमा अहिले आन्तरिक उडान भने खुल्ला भएको छ । अन्तर्राष्ट्रिय तर्फको उडान खुल्न अझै केही समय कुर्नु पर्ने उनको भनाइ छ ।

हिजै फ्लाइ दुबई, चाइना साउर्दन एयरलाइन्स, एयर एरेबिया, मलेसियन एयरलाइनस लगायतका विमानहरुलाई कोलकाता र दिल्ली डाइभर्ट गरिएको थियो ।

काठमाडौं । बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घाँसे मैदानमा दुर्घटनाग्रस्त हुन पुगेको मलिन्डो एयरको जहाजलाई दुर्घटनास्थलबाट हटाइएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले रनवे बाहिर फसेको विमानलाई हटाइएको जानकारी दिएका छन्। गौतमले ११ः३० बजेबाट विमानस्थलमा अन्तर्राष्ट्रिय उडान–अवतरण सुचारु हुने बताएका छन्।

काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको जहाज बिहीबार राति १०ः०७ बजे धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त हुन पुगेको थियो ।

(Visited 1 times, 1 visits today)

७ बैशाख २०७५, शुक्रबार ०६:१३ मा प्रकाशित

विशेष

सबै

सरकारको ५ महिना ‘कुशासनको मानक थालनी’

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ५ महिने अवधी पूरा गरेको छ । ५ महिने कार्यकाललाई ‘सुशासनको मानक थालनी’ दावी गर्दै सरकारले ७४ पृष्ठ लामो उपलब्धी पुस्तिका सार्वजनिक गरेको छ ।.....

अधिनायकवाद विरुद्ध लड्ने कि आफै लडेर सिद्धिने, नेविसंघले सोच्नुपर्छ : उपाध्यक्ष परियार

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष सागर परियारले विधानअनुसार थप हुने ३ महिनाको अवधिभित्र.....

संवाद

सबै
देउवा पौडेल अभिभावक, दोस्रो पुस्तामा पार्टी नेतृत्व : मिनेन्द्र रिजाल

समसामयिक राजनीतिक विषयमा नेपाली कांग्रेसका नेता एवं सांसद डा. मिनेन्द्र रिजालसंग गरिएको विचारोत्तेजक कुराकानी ।   डा.केसीको अनशन टुंगिएपछि काँग्रेसको धारणा के छ..

 

 

 

Popular Posts