मेगा बैंक बन्यो नेपालकै तेस्रो ठूलो बैंक

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ३० बैशाख २०७५, आईतवार ११:४३

काठमाडौं । कृषि विकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकपछि मेगा बैंक नेपालकै तेस्रो ठूलो बैंक बनेको छ। कृषि विकास बैंकको चुक्ता पुँजी १२ अर्ब ५२ करोड, इन्भेष्टमेन्टको १० अर्ब ६४ करोड रुपैयाँ रहेको छ भने मेगाले ९ अर्ब २९ करोड रुपैयाँ पुर्याएको छ।

मेगा बैंक नेपाल लिमिटेडले टुरिजम डेभलपमेन्ट बैंकसँग मर्ज गर्दै नियमन निकाय नेपाल राष्ट्र बैंकले तोकेभन्दा चुक्ता पुँजी १ अर्ब २९ करोड रुपैयाँ बढी पुर्याएको छ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई ८ अर्ब रुपैयाँ चुक्ता पुँजी बनाउन दिएको निर्देशनअनुसार मेगाले टुरिजमलाई मर्ज गरेको हो। मेगाको हालको चुक्ता पुँजी ७ अर्ब ३८ करोड, टुरिजमको १ अर्ब ९१ करोड गरेर उक्त बैंककाे कूल चुक्ता पुँजी ९ अर्ब २९ करोड रुपैयाँ पुगेकाे छ।

चालु आर्थिक वर्षको अन्तिममा २९ वटै वाणिज्य बैंकहरुले चुक्ता पुर्याउनु पर्नेछ। पूँजी बढाउनकै लागि २ वाणिज्य बैंकहरू लुम्बिनी बैंक र बैंक अफ काठमाण्डु मर्जरमा गइसकेका छन्।

हालसम्म २४ वटा बैंकहरुले न्यूनतम चुक्ता पुँजी पुर्याएका छन्। चुक्ता पुँजीका दृष्टिले कृषि विकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकपछि मेगा बैंक नेपालकै तेस्रो ठूलो बैंक बनेको हाे। कृषि विकास बैंकको १२ अर्ब ५२ करोड चुक्ता पुँजी रहेको छ भने इन्भेष्टमेन्टको १० अर्व ६४ करोड रुपैंयाँ रहेको छ।

मेगाले आइतबार एक विशेष समारोहको आयोजना गरि एकीकृत कारोवारको घोषणा गरेको छ। उक्त कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले टुरिजम् डेभलपमेन्ट बैंकका सबै ३६ वटा शाखा, एक्सटेन्सन काउन्टर, एटिएम लगायत सम्पूर्ण सञ्जाललाई मेगामा गाभेर आइतबारबाट संयुक्त कारोबार सुरु गरेको जानकारी दिए। यो मर्जरपछि मेगा परिवारमा उत्साह थपिएको अध्यक्ष शाहले बताए।

उनका अनुसार टुरिज्म डेभलपमेण्ट बैंकको १ कित्ता शेयर हुने शेयरधनीलाई गाभिएपछि मेगा बैंकको ०.९५ कित्ता शेयर प्रदान गर्ने गरी शेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) निर्धारण भएको छ। मेगा बैंकको यो दोस्रो मर्जर हो। यसअघि मेगा बैंकसँग बुटवलमा केन्द्रीय कार्यालय रहेको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक गाभिएको थियो।

‘आज म असाध्यै खुसी छु, टुरिजमसँगको मर्जपछि मेगा बैंक चुक्ता पुँजीको आधारमा देशकै तेस्रो ठूलो वाणिज्य बैंकको रुपमा स्थापित भएको छ,’ मेगा बैंकका अध्यक्ष शाहले भने ‘यसले मेगा बैंकको नेटवर्कमा मात्र वृद्धि भएको छैन्, व्यावसायिक अवसरहरुमा पनि वृद्धि गरेको छ। मेगा बैंकका शाखा कार्यालयहरु अब ३२ वटा जिल्लाबाट विस्तारित भएर देशका ४९ वटा जिल्लामा पुगेको छ। हामी सातवटै प्रदेशमा मेगा बैंकको प्रदेश हेडक्वार्टर स्थापना गर्ने गरी अगाडि बढिरहेका छौँ। विज्ञहरुसँगको परामर्श र छलफलबाट पाँच बर्षे रणनीतिक योजना तय गरेका छौँ। आर्थिक सम्भावनाका नयाँ क्षेत्रहरु पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा प्राथमिकताका साथ बैंकको मुख्य व्यावसायलाई केन्द्रित गर्छौं।’

–नेपालखबर

(Visited 1 times, 1 visits today)

३० बैशाख २०७५, आईतवार ११:४३ मा प्रकाशित

शीर्ष खबर

सबै

आजबाट मलमास सुरु, यी काम झुक्किएन पनि नगर्नुहोला !

काठमाडौं । जेठ २ गते अर्थात आजबाट मलमास अर्थात पुरुषोत्तम मास सुरु भएको छ । अब अधिकमास? के–के गर्न हुँदैन ? यस्ता जनजिज्ञासाहरू यत्रतत्र सुनिन थालेका छन् । आखिर के हो त अधिकमास ? कुनै कुनै वर्षहरूमा अधिकमास किन.....

कांग्रेस संसदीय दलमा मिनेन्द्रदेखि देवेन्द्रसम्म सर्वसम्मत

काठमाडौं । कांग्रेस संसदीय दलको कार्यसमितिका सदस्यहरू मंगलबार निर्विरोध निर्वाचित भएका छन् । पार्टीको शीर्ष.....

यातायात समितिका नाममा रहेको सम्पत्ति खोज्दै सरकार

काठमाडौं । सरकारले संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका यातायात सम्बद्ध संघसंस्थाहरुको नाममा रहेको रकम, शेयर.....

नेपाली कांग्रेस धनुषामा सर्वसम्मत

जनकपुरधाम- नेपाली कांग्रेस धनुषाको १३औं जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा जिल्ला कार्यसमिति चयन गरेको.....

वाराणसीमा निर्माणाधीन आकासेपुल भत्कियो, १२ जनाको मृत्यु

भारत । भारतको वाराणसी जिल्लामा सडकमा निर्माणाधीन आकासेपुल भत्किँदा १२ जनाको मृत्यु भएको छ। अन्य केही व्यक्ति.....

Popular Posts