इन्भेष्टमेण्ट बैंकको शाखा ७० पुग्यो

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ३० बैशाख २०७५, आईतवार ११:४९

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको शाखा संख्या ७० पुगेको छ। हालै दोलखा, पाँचथर, नुवाकोट र रामेछापमा चारवटा शाखा एकसाथ संचालनमा ल्याएपछि इन्भेष्टमेण्टको शाखा ७० पुगेको हो।

बैंकले हालै रसुवाको धुन्चेमा एक्स्टेन्सन काउन्टर समेत खोलेको छ। एक्स्टेन्सन काउन्टर भने पाँचवटा पुगेको छ ।

दोलखाको बिगु गाउँपालिकास्थित सिंगटी, पाँचथरको फाल्गुनन्द गाउँपालिकास्थित राँके, नुवाकोटको सूर्यगढी गाउँपालिकास्थित चोकदे तथा रामेछापको लिखू तामाकोशी गाउँपालिका धोवीबजारस्थित लिखूमा बैंकले आफ्ना क्रमश ६७औं, ६८औं, ६९औं र ७०औं शाखा विस्तार गरेको हो।

बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको छ, साथै विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार व्यक्तिलाई ३ अर्ब ६४ करोड लगानी गर्ने इन्भेष्टमेण्ट एक मात्र बैंक रहेको छ।

हाल प्रदेश नम्वर १ मा ९ वटा, प्रदेश नम्वर २ मा ६ वटा, प्रदेश नम्वर ३ मा ३४ वटा, प्रदेश नम्वर ४ मा ६ वटा, प्रदेश नम्वर ५ मा ७ वटा, प्रदेश नम्वर ६ मा ४ वटा र प्रदेश नम्वर ७ मा ४ वटा शाखा रहेको छ। साथै बैंकले भविष्यमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थप शाखा विस्तार गर्ने योजना बनाएको छ।

नौ वटा यातायात सम्बन्धी राजश्व संकलन केन्द्र खोलेको बैंकले आठ लाखभन्दा बढी उपभोक्तालाई ९८ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ। ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको इन्भेष्टमेण्ट बैंकको ६२ वटा शाखारहित बैंकिङ सुविधाका साथै तीनसय बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ।
निजि क्षेत्रमा सर्वाधिक चुक्ता पूँजी १०अर्ब ६४ करोड रुपैयाँ रहेको यस बैंकको चैत्र मसान्तको वित्तिय विवरण अनुसार निक्षेप रु. १ सय ३० अर्ब रुपैयाँ तथा कूल कर्जा लगानी १ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ।

(Visited 1 times, 1 visits today)

३० बैशाख २०७५, आईतवार ११:४९ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts