किन मठमन्दिर डुल्दैछन पूर्वयुवराज पारस ?

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ३० बैशाख २०७५, आईतवार १७:०६

काठमाडौं । पूर्वयुवराज पारस शाहले गोकर्णेश्वर नगरपालिका वडा नं ४, उत्तरबाहिनीमा रहेको कान्तिभैरव र पञ्चमुखी हनुमान मन्दिरमा विशेष पूजाआजा गर्नुभएको छ ।

लिच्छविकालीन पुरातात्विक महत्व बोकेको मन्दिरमा कान्तिभैरव गुरुकुलका ब्राह्मण बटुकको वैदिक मन्त्रोच्चारणसहित पूर्वयुवराज शाहले विशेष पूजा गर्नुभएको हो । गुरुकुलका आचार्य श्रीराम अधिकारीले पूजा गराउनुभएको थियो ।

उत्तरगया क्षेत्र व्यवस्थापन समितिका प्रमुख सल्लाहकार एवं कान्तिभैरव गुरुकुल सञ्चालक समिति अध्यक्ष प्रा डा ऋषिराम पोखरेलले पूर्वयुवराज शाहलाई गोकर्णेश्वर उत्तरगया एवं कान्तिभैरव र पञ्चमुखी हनुमान मन्दिर क्षेत्रको ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा सांस्कृतिक महत्वका बारेमा जानकारी गराउनुभएको थियो ।

हिमवत्खण्डमा कान्तिश्वर नामले उल्लेख गरिएको यहाँको गुफामा योगमाया, शिवपुरी बाबा, श्यामचेतन (वासुकी) बाबा, प्रेमनारायण भण्डारीलगायतले साधना गर्नुभएको थियो । यहाँ साधना गर्नुभएका सबैको शालिक राखी यो ठाउँलाई तपस्या स्थलकारुपमा चिनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

वाग्द्वारबाट बग्दै आएको वाग्मती कान्तिभैरव मन्दिरअघि उत्तर भएर बग्ने भएकाले यो ठाउँलाई उत्तरबाहिनी भनिएको हो । वाग्मती उत्तरतिर बगेकैले यो ठाउँलाई उत्तरगया पनि भनिन्छ । यहाँ प्रत्येक महिनाको पहिलो शनिबार बेलुकी गुरुकुलका विद्यार्थीले वाग्मती गंगा आरती गर्छन् । प्रत्येक दिन गुरुकुलका बटुकले वैदिक रुद्राभिषेक गर्छन् ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो स्थललाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिनुपर्ने समितिका अध्यक्ष भैरवबहादुर श्रेष्ठले बताउनुभयो ।

(Visited 1 times, 1 visits today)

३० बैशाख २०७५, आईतवार १७:०६ मा प्रकाशित

शीर्ष खबर

सबै

आजबाट मलमास सुरु, यी काम झुक्किएन पनि नगर्नुहोला !

काठमाडौं । जेठ २ गते अर्थात आजबाट मलमास अर्थात पुरुषोत्तम मास सुरु भएको छ । अब अधिकमास? के–के गर्न हुँदैन ? यस्ता जनजिज्ञासाहरू यत्रतत्र सुनिन थालेका छन् । आखिर के हो त अधिकमास ? कुनै कुनै वर्षहरूमा अधिकमास किन.....

कांग्रेस संसदीय दलमा मिनेन्द्रदेखि देवेन्द्रसम्म सर्वसम्मत

काठमाडौं । कांग्रेस संसदीय दलको कार्यसमितिका सदस्यहरू मंगलबार निर्विरोध निर्वाचित भएका छन् । पार्टीको शीर्ष.....

यातायात समितिका नाममा रहेको सम्पत्ति खोज्दै सरकार

काठमाडौं । सरकारले संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका यातायात सम्बद्ध संघसंस्थाहरुको नाममा रहेको रकम, शेयर.....

नेपाली कांग्रेस धनुषामा सर्वसम्मत

जनकपुरधाम- नेपाली कांग्रेस धनुषाको १३औं जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा जिल्ला कार्यसमिति चयन गरेको.....

वाराणसीमा निर्माणाधीन आकासेपुल भत्कियो, १२ जनाको मृत्यु

भारत । भारतको वाराणसी जिल्लामा सडकमा निर्माणाधीन आकासेपुल भत्किँदा १२ जनाको मृत्यु भएको छ। अन्य केही व्यक्ति.....

Popular Posts