नेपाल पूर्ण रुपमा लोडसेडिङमुक्त देश बन्यो

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ३१ बैशाख २०७५, सोमबार ०२:३३

काठमाडौं । झन्डै १५ वर्षपछि नेपाल लोडसेडिङमुक्त देश भएको छ । नेपाल विद्युत् प्राधिकरणले सन् २००३ मा मागअनुसार विद्युत् आपूर्ति नभएको भन्दै पहिलो पटक लोडसेडिङ घोषणा गरेको थियो । त्यति बेला प्राधिकरणले ठाउँ विशेष हेरेर हप्ताको एक दिन एक घण्टा लोडसेडिङ गरेको थियो ।

प्राधिकरणले केही वर्षअघि दैनिक १८ घण्टासम्म लोडसेडिङ गरेको थियो । तर, सोमबारबाट लोडसेडिङ इतिहास बनेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले निकै मेहनतसाथ सबै विकल्पको प्रयोग गरेर देशलाई लोडसेडिङमुक्त पारिएको बताउनुभयो ।

मन्त्री पुनले आन्तरिक उत्पादन बढेको र भारतबाट थप विद्युत् आयात गरी लोडसेडिङ हटाइएको जानकारी दिनुभयो । उहाँले त्यसका लागि विद्युत् चुहावटलाई समेत २६ प्रतिशतबाट २० प्रतिशतमा झारिएको जानकारी दिनुभयो ।, यो खबर आजको गोरखापत्रमा छ ।

(Visited 1 times, 1 visits today)

३१ बैशाख २०७५, सोमबार ०२:३३ मा प्रकाशित

शीर्ष खबर

सबै

नेविसंघको म्याद गुज्रियो, थप्ने की हटाउने ?

काठमाडौं । काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल बिद्यार्थी संघ नेविसंघको केन्द्रीय कार्यसमितिको म्याद आजबाट सकिँदै छ । कांग्रेसले आज राती सम्म म्याद थप नगरेमा नेविसंघको केन्द्रीय समिति स्वतः.....

मुलुक नै भूकम्प प्रतिरोधी बनाउने अभियानमा छौ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताएका छन् । २१औं.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts