प्रदेशका सांसदले १ करोड ५५ लाखको सुविधा लिए

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ३१ बैशाख २०७५, सोमबार ०२:४०

काठमाडौं । प्रदेश सांसदले पारिश्रमिक तथा सेवा सुविधाका लागि वैशाख मसान्तसम्म १ करोड ५५ लाख रुपैयाँ लगेका छन्। प्रदेशसभा गठन भएको मितिले उनीहरूले पाउने पारिश्रमिक तथा सेवासुविधा बापतको रकम भुक्तानी गरिएको संसद् सचिवालयको लेखा शाखाले जानकारी दिएको छ। प्रदेशसभा गठन भएको मिति २०७४ माघ ५ देखि वैशाख ३१ सम्म गरि दुईपटक सेवासुविधाको रकम भुक्तानी भएको छ।

सचिवालयका लेखा अधिकृत दुर्योधन गिरीका अनुसार माघदेखि चैतसम्मको पारिश्रमिक ६५ लाख ५६ हजार पाँच सय ९४ र वैशाखसम्मको सेवासुविधा बापत ८६ लाख ३३ हजार एक सय २ रुपैयाँ सांसदहरूको सेवासुविधामा खर्च भएको छ। यसमा वैशाख महिनामा सांसदले पाउने पारिश्रमिक पनि समावेश गरिएको छ।

प्रदेशसभाका सदस्यहरूको सेवासुविधासम्बन्धी विधेयक पारित भएपछि उनीहरूले पाउने पारिश्रमिक र सेवासुविधाको टुंगो लागेको थियो । सोही अनुरूप नै सांसदहरूको पारिश्रमिकको रकम भुक्तान गरिएको उनले जानकारी दिए।

तर, प्रदेशसभा सदस्यहरूलाई भुक्तानी गरिएको रकम भने फरक रहेको छ। प्रदेशसभाको सपथ खाएको मितिले भुक्तानी दिईने भए तापनि कुल ५९ सदस्यहरु मध्ये सरकारका ७ जना मन्त्रीहले प्रदेशसभा सदस्य रहँदाको दिनसम्मको मात्र पारिश्रमिक पाएका छन्।, यो खबर आजको नागरिक दैनिकमा छ ।

(Visited 1 times, 1 visits today)

३१ बैशाख २०७५, सोमबार ०२:४० मा प्रकाशित

शीर्ष खबर

सबै

आजबाट मलमास सुरु, यी काम झुक्किएन पनि नगर्नुहोला !

काठमाडौं । जेठ २ गते अर्थात आजबाट मलमास अर्थात पुरुषोत्तम मास सुरु भएको छ । अब अधिकमास? के–के गर्न हुँदैन ? यस्ता जनजिज्ञासाहरू यत्रतत्र सुनिन थालेका छन् । आखिर के हो त अधिकमास ? कुनै कुनै वर्षहरूमा अधिकमास किन.....

कांग्रेस संसदीय दलमा मिनेन्द्रदेखि देवेन्द्रसम्म सर्वसम्मत

काठमाडौं । कांग्रेस संसदीय दलको कार्यसमितिका सदस्यहरू मंगलबार निर्विरोध निर्वाचित भएका छन् । पार्टीको शीर्ष.....

यातायात समितिका नाममा रहेको सम्पत्ति खोज्दै सरकार

काठमाडौं । सरकारले संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका यातायात सम्बद्ध संघसंस्थाहरुको नाममा रहेको रकम, शेयर.....

नेपाली कांग्रेस धनुषामा सर्वसम्मत

जनकपुरधाम- नेपाली कांग्रेस धनुषाको १३औं जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा जिल्ला कार्यसमिति चयन गरेको.....

वाराणसीमा निर्माणाधीन आकासेपुल भत्कियो, १२ जनाको मृत्यु

भारत । भारतको वाराणसी जिल्लामा सडकमा निर्माणाधीन आकासेपुल भत्किँदा १२ जनाको मृत्यु भएको छ। अन्य केही व्यक्ति.....

Popular Posts