एमआरपीको तथ्यांक सुरक्षित राख्न पराष्ट्रमन्त्रीको निर्देशन

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १ जेष्ठ २०७५, मंगलवार १६:२८

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञावलीले राहदानी गलत हातमा पर्न नदिन राहदानीको तथ्याङ्कको सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।

परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलोपटक आज नारायणहिटी परिसरमा रहेको राहदानी विभागको कार्य प्रक्रिया, कार्यसम्पादन तथा सेवा प्रवाहको स्थलगत निरीक्षण गर्दै उहाँले राहदानी गलत हातमा परेमा यसले देशकै छविमा आँच आउन सक्ने भन्दै यसको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिनुभयो ।

मन्त्री ज्ञावलीले राहदानी वितरणको अवधि छोट्याई जिल्ला तथा नियोगबाट राहदानी वितरण गर्ने कार्यलाई थप प्रभावकारी बनाउन विभागलाई निर्देशन दिँदै केही वर्षभित्र विभागहरु आधुनिक भवनमा स्थान्तरण हुनेसमेत जानकारी गराउनुभयो ।

उहाँले निकट भविश्यमा यन्त्रवाचक राहदानी(एमआरपी)को तुलनामा अझ बढी सुरक्षित र भरपर्दो विद्युतीय राहदानी लागू गर्नुपर्ने भएकाले यसको लागि आवश्यक योजना बनाउन राहदानी विभागलाई निर्देशन दिनुभयो ।

मन्त्री ज्ञावलीले कन्सुलर सेवा विभागलाई बाहिरी मुस्कानका साथै हृदयदेखि नै सेवा दिन निर्देशन दिनुभएको छ ।

(Visited 1 times, 1 visits today)

१ जेष्ठ २०७५, मंगलवार १६:२८ मा प्रकाशित

शीर्ष खबर

सबै

आजबाट मलमास सुरु, यी काम झुक्किएन पनि नगर्नुहोला !

काठमाडौं । जेठ २ गते अर्थात आजबाट मलमास अर्थात पुरुषोत्तम मास सुरु भएको छ । अब अधिकमास? के–के गर्न हुँदैन ? यस्ता जनजिज्ञासाहरू यत्रतत्र सुनिन थालेका छन् । आखिर के हो त अधिकमास ? कुनै कुनै वर्षहरूमा अधिकमास किन.....

कांग्रेस संसदीय दलमा मिनेन्द्रदेखि देवेन्द्रसम्म सर्वसम्मत

काठमाडौं । कांग्रेस संसदीय दलको कार्यसमितिका सदस्यहरू मंगलबार निर्विरोध निर्वाचित भएका छन् । पार्टीको शीर्ष.....

यातायात समितिका नाममा रहेको सम्पत्ति खोज्दै सरकार

काठमाडौं । सरकारले संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका यातायात सम्बद्ध संघसंस्थाहरुको नाममा रहेको रकम, शेयर.....

नेपाली कांग्रेस धनुषामा सर्वसम्मत

जनकपुरधाम- नेपाली कांग्रेस धनुषाको १३औं जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा जिल्ला कार्यसमिति चयन गरेको.....

वाराणसीमा निर्माणाधीन आकासेपुल भत्कियो, १२ जनाको मृत्यु

भारत । भारतको वाराणसी जिल्लामा सडकमा निर्माणाधीन आकासेपुल भत्किँदा १२ जनाको मृत्यु भएको छ। अन्य केही व्यक्ति.....

Popular Posts