बीमा शिक्षालाई बढावा दिनुपर्नेमा अर्थमन्त्रीको जोड

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १ जेष्ठ २०७५, मंगलवार १६:३३

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले बीमा शिक्षालाई वित्तीय सारक्षरताकै अंगका रुपमा देशका कुनाकाप्चासम्म पु¥याउन निर्देशन दिनुभएको छ ।

बीमा समितिको ५०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बीमाको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

अर्थमन्त्री डा खतिवडाले बीमाको आवश्यकताबारे आम जनजीवनमा बोध नभएसम्म यस क्षेत्रको दायरा फराकिलो हुन नसक्ने उल्लेख गर्दै बीमा समितिले बीमा बजारको स्वच्छ विकासमा सहयोग गर्नुपर्ने बताउनुभयो ।

बीमा क्षेत्र प्रतिस्पर्धी देखिए पनि अहिलेसम्म १० प्रतिशत जनसंख्यामा मात्र बीमा पुगेको छ, उहाँले भन्नुभयो, “९० प्रतिशत जनतामा अझै बीमा नपुग्नु र कूल गार्हस्थ्य उत्पादनमा २ प्रतिशत मात्र योगदान गर्नुलाई सन्तोष मान्न सकिँदैन ।”

सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले मुलुकको विकास र समृद्धिका लागि जीवन र पेशा व्यावसायमा आउन सक्ने जोखिम न्यूनीकरण गर्दै आर्थिक क्रियाकलापमा सक्रिय हुनुपर्ने बताउनुभयो ।

ठूलादेखि साना र मध्यमस्तरीय व्यावसायलाई समेटेर बीमा क्षेत्रको विस्तार गर्नुपर्ने बताउँदै उहाँले न्यून आय भएका व्यक्ति तथा ग्रामीण क्षेत्रका जनतालाई बीमाले समेट्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बीमा समितिले गरेका नीतिगत तथा प्रक्रियागत परिवर्तनका कारण एक वर्षमा तीन प्रतिशत जनतालाई बीमाको दायरामा ल्याउन सफल भएको दाबी गर्नुभयो ।

हाल देशमा १८ जीवन, १९ निर्जीवन र एक पुनर्बीमा गरी ३९ वटा बीमा कम्पनी सञ्चालनमा छन् ।

(Visited 1 times, 1 visits today)

१ जेष्ठ २०७५, मंगलवार १६:३३ मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts