कांग्रेस संसदीय दलमा मिनेन्द्रदेखि देवेन्द्रसम्म सर्वसम्मत

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १ जेष्ठ २०७५, मंगलवार १६:४६

काठमाडौं । कांग्रेस संसदीय दलको कार्यसमितिका सदस्यहरू मंगलबार निर्विरोध निर्वाचित भएका छन् । पार्टीको शीर्ष तहमा भएको छलफलपछि कार्यसमितिका सबै सदस्य निर्विरोध भएका हुन् । दलको कार्यसमिति सदस्यका लागि मंगलबार उम्मेदवारको मनोनयन र आगामी सोमबार निर्वाचनको कार्यक्रम तोकिएको थियो ।

संसदीय दलको नेतामा भने यसअघि नै पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् । सदस्यमा सातवटा प्रदेशबाट एक/एक जनाको प्रतिनिधित्व हुने गरी मीनेन्द्र रिजाल, तेजुलाल चौधरी, दिव्यमणि राजभण्डारी, प्रकाश पन्थ, देवेन्द्रराज कँडेल, रंगमती शाही र दिलेन्द्रप्रसाद बडु निर्वाचित भएका छन् ।

जातीय समावेशी कोटाअन्तर्गत खस आर्यबाट तारादेवी भट्ट, राजेन्द्रकुमार केसी, आदिवासी जनजातिबाट प्रमिला राई र ज्ञानकुमारी छन्त्याल, मधेसीबाट जितेन्द्रनारायण देव र मीनाक्षी झा, दलितबाट मीनबहादुर विश्वकर्मा, विमला नेपाली, थारूबाट नमिता चौधरी, मुस्लिमबाट अतहर कमाल मुसलमान र पिछडिएको क्षेत्रबाट रामबहादुर बिष्ट निर्विरोध निर्वाचित भएका छन् । यीमध्येबाट दलका नेताले सचिव र कोषाध्यक्ष मनोनयन गर्ने व्यवस्था छ ।

(Visited 1 times, 1 visits today)

१ जेष्ठ २०७५, मंगलवार १६:४६ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts