परराष्ट्रमन्त्री राजीनामा देऊ !

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २ जेष्ठ २०७५, बुधबार ००:२९

– केशवप्रसाद भट्टराई

प्रदेश नम्बर २ का मुख्यमन्त्रीको भाषणका लागि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले राजीनामा गर्न‘पर्दछ र प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसमक्ष क्षमा माग्नुपर्दछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा आएका नेपालका सम्मानित अतिथि हुन् ।

नेपाल भ्रमणका अवसरमा भारतीय प्रधानमन्त्री मोदीको भेटघाट र सार्वजनिक उपस्थितिका कार्यक्रमहरू नेपाल सरकारको परराष्ट्र मन्त्रालयको प्रस्ताव र सहमतिमा तय भएको हुन्छ, हुनुपर्दछ ।

त्यस्तो सार्वजनिक समारोहका कार्यक्रममा मञ्चमा को को उपस्थित हुने ? वक्ताहरू को को हुने ? वक्ताहरूले के के बोल्ने ? त्यसबारे नेपाल सरकारको सहमति रहेको हुन्छ, हुनुपर्दछ । नेपाल सरकारले सहमति नगरेको विषयमा नेपालको सरकारी पाहुनासामु सार्वजनिक रूपमा कुनै पनि विषय प्रस्तुत गर्न पाइन्न ।

यहाँसम्म कि त्यस्ता कार्यक्रममा अतिथि प्रधानमन्त्रीले लिखित भाषण पढ्दैछन् भने त्यस्तो भाषणको प्रति नेपाल सरकारलाई उपलव्ध गराइएको हुन्छ । हुनुपर्दछ । भाषण अलिखित हुँदै छ भने त्यस भाषणले प्रवेश गर्ने विषयहरूबारे पनि दुई देशका परराष्ट्र मन्त्रालयका अधिकारीहरूबीच सैद्धान्तिक सहमति भएको हुनुपर्दछ ।

२ नम्बर प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले भारतका प्रधानमन्त्रीको नागरिक अभिनन्दन समारोहमा जे बोले, सर्वथा अनुचित, अमर्यादित र अनैतिक बोलेका छन् ।

उनी पनि त्यहाँ नेपाल सरकारका अंग थिए । राज्यका प्रतिनिधि थिए । आन्तरिक राजनीतिक विदेशी पाहुना उपस्थित फोरमहरूमा उठाउनु सर्वथा अनुचित थियो । त्यसबारे नेपालको परराष्ट्र मन्त्रालय जानकार थियो कि थिएन ? देशभित्रको आन्तरिक कुरालाई उनले सार्वजनिक समारोहहरूमा आफ्ना कुरा राख्न सक्थे, प्रजातन्त्रमा सबैलाई त्यो सुविधा छ ।

तर कुनै औपचारिक समारोहमा नेपाल सरकारको नीतिविपरीत उनले विदेशी मुलुकका प्रधानमन्त्रीसामु बोल्न पाउन्नन् ! त्यसका लागि प्रधानमन्त्री केपी ओलीले राष्ट्रसामु माफी माग्नुपर्छ ।

त्यसैले मुख्यमन्त्री राउतले भरातीय प्रधानमन्त्रीको उपस्थितिमा जे बोले, त्यसबारे नेपालका परराष्ट्रमन्त्री जानकार थिए भने पनि त्यसलाई उनले रोकेकै हुनुपर्दथ्यो ! उनी त्यसबारे जानकार थिएनन् भने त्यो उनको असक्षमता र राष्ट्रिय दायित्वप्रतिको अक्षम्य उपेक्षा हो । त्यसकारण उनी परराष्ट्रमन्त्रीको पदमा रहन योग्य छैनन् भनेर बुझ्नु पर्दछ !

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारको परराष्ट्र मन्त्रालयको जिम्मेवारी नैतिकरूपमा लिनुपर्दछ । त्यसमाथि लालबाबु राउत जुन दललाई प्रतिनिधित्व गर्दछन्, त्यो दलको समर्थन प्रधानमन्त्री ओलीलाई प्राप्त छ । प्राविधिक रूपमा जे जस्तो भए पनि सिद्धान्ततः राउतको दल संघीय संसद्मा सरकारी दल हो ।

राउतको भाषणका लागि प्रधानमन्त्री ओलीले राष्ट्रसमक्ष क्षमायाचना गर्न‘पर्दछ । राउतलाई उनको दलबाट कारबाही गराउन प्रधानमन्त्रीले पहल गर्नुपर्दछ । मधेसको गुनासो होला, तर मूलतः त्यो मनोवैज्ञानिक मात्र हो ।

कपोलकल्पित नारालाई भारतीय प्रधानमन्त्री मोदीको उपस्थितिमा अन्तर्राष्ट्रियकरण गर्ने सुनियोजित षड्यन्त्रपूर्ण रणनीतिअन्तर्गत राउतले बोलेका हुन् । यसमा कुनै सन्देह छैन । यसलाई ओली उनको दल र माओवादी केन्द्रले हलुका रूपमालिनु हुन्न, हुँदै हुन्न ।

नेपालभित्र भइरहेको विदेशी षड्यन्त्रको लालबाबु राउत मुखौटो बनेका मात्र हुन् ।

(Visited 1 times, 1 visits today)

२ जेष्ठ २०७५, बुधबार ००:२९ मा प्रकाशित

शीर्ष खबर

सबै

९ लाख तेस्रो लिङ्गी मध्ये १ सय ६७ को मात्रै नागरिकता

काठमाडौं । नेपालमा ९ लाख यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्ति रहेको एक तथ्यांकले देखाएको छ । जसअन्तर्गत समलिङ्गी पुरुष, समलिङ्गी महिला, तेस्रो लिङ्गी पुरुष, तेस्रो लिङ्गी महिला, द्धिलिङ्गी महिला,.....

विधिसम्मत नियुक्ति खारेज गरिएकोमा देउवा रुष्ट

मन्थली । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले आफू नेतृत्वको सरकारले विधि सम्बत गरेका राजनीतिक नियुक्ती.....

कोशीको बहाव बढ्दो, नआत्तिन प्रशासनको आग्रह

सुनसरी । पूर्वमा लगातार वर्षा भएसँगै सप्तकोशी नदीको बहावमा घटी–बढी हुने क्रम जारी छ । बुधबार बिहान आठ बजे कोशी.....

सडक बनाउन माग गर्दै चक्काजाम

काठमाडौं । चाबहिल–बौद्ध–जोरपाटी–साँखु र सुन्दरीजल सडक बिस्तार एवं निर्माण छिटो हुनुपर्ने माग राखी आज बिहान.....

काठमाडौंमा १ सय ४३ स्थानमा पार्किङको व्यवस्था तर समस्या उस्तै !

अच्यूत रेग्मी । ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि उपत्यकाको १४३ स्थानमा दुईपांग्रे र चारपांग्रे सवारी.....

Popular Posts