कोरिया जान अब सीप परीक्षण अनिवार्य

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १८ जेष्ठ २०७५, शुक्रबार १०:५६

सोल । रोजगार अनुमति प्रणाली (इपिएस) प्रणालीमार्फत दक्षिण कोरियामा काम गर्न जानेहरुलाई अब सीप दक्षताको परीक्षण पनि गरिने भएको छ । सन् २०१९ देखि इपिएस अन्तर्गतको कोरियन भाषा परीक्षाको छनौट प्रक्रियामा “अंक प्रणाली” भनिने नयाँ प्रणाली लागू गर्ने योजना रहेको मानव संसाधन विकास (एचआरडी) कोरियाले जनाएको छ । अंक प्रणाली भन्नाले तीन तहमा परीक्षा लिइने छ । पहिलो चरणमा कोरियन भाषा परीक्षा, दोस्रो चरणमा सीप परीक्षण एवम् कार्य दक्षताको मूल्यांकन गरिनेछ । दुवै चरणबाट पाएको अंकलाई जोडेर कूल प्राप्तांकको सबैभन्दा धेरै अंक ल्याउनेलाई प्राथमिक्ताको आधारमा अन्तिम छनौट गरिने छ । यसभन्दा अघि कोरियन भाषा दक्षताको आधारमा मात्रै कामदारको नामावली छनौट गर्दै आएका थिए ।

अब कामदारको शारीरिक अवस्था, सीपको स्तर, सम्बन्धित कामको अनुभवजस्ता विषयमा पनि मूल्यांकन गरिने छ । कोरियन भाषामा केही कमजोर भए तापनि अरु क्षमता भएका इमान्दार व्यक्तिलाई रोजगार दिलाउन यो प्रणालीले सहयोग गर्ने एचआरडीले जनाएको छ ।

एचआरडी कोरियाले विदेशी कामदार ल्याउने इपिएस प्रणाली लागू गरेको १६ देशमध्ये अंक प्रणाली प्राय: सबै देशमा लागू गरिसके तापनि नेपालमा गएको महाभूकम्पका कारण २०१९ सालदेखि लागू गर्न लागेको हो । काठमाडौंमा निमार्णधिन सिविटी भवन तत्काल सम्पन्न भएमा हालको परीक्षा प्रणाली पेपर बेस्ट परीक्षा (पिविटी) बाट कम्प्युटरमा आधारित परीक्षा (सिविटी) प्रणालीमार्फत परीक्षा लिइने पनि जनाएको छ ।

(Visited 1 times, 1 visits today)

१८ जेष्ठ २०७५, शुक्रबार १०:५६ मा प्रकाशित

विशेष

सबै

सरकारको ५ महिना ‘कुशासनको मानक थालनी’

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ५ महिने अवधी पूरा गरेको छ । ५ महिने कार्यकाललाई ‘सुशासनको मानक थालनी’ दावी गर्दै सरकारले ७४ पृष्ठ लामो उपलब्धी पुस्तिका सार्वजनिक गरेको छ ।.....

अधिनायकवाद विरुद्ध लड्ने कि आफै लडेर सिद्धिने, नेविसंघले सोच्नुपर्छ : उपाध्यक्ष परियार

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष सागर परियारले विधानअनुसार थप हुने ३ महिनाको अवधिभित्र.....

संवाद

सबै
देउवा पौडेल अभिभावक, दोस्रो पुस्तामा पार्टी नेतृत्व : मिनेन्द्र रिजाल

समसामयिक राजनीतिक विषयमा नेपाली कांग्रेसका नेता एवं सांसद डा. मिनेन्द्र रिजालसंग गरिएको विचारोत्तेजक कुराकानी ।   डा.केसीको अनशन टुंगिएपछि काँग्रेसको धारणा के छ..

 

 

 

Popular Posts