विद्यालयलाई शुल्क विवरण वुझाउन आग्रह

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १८ जेष्ठ २०७५, शुक्रबार ११:११

दाङ । तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिले सामुदायिक विद्यालयलाई शुल्क विवरण बुझाउन आग्रह गरेको छ । सामुदायिक विद्यालयले विभिन्न बहानामा शिक्षा ऐन विपरित शुल्क लिएको भन्ने सुन्नमा आएकाले तत्काल त्यस्तो कार्य रोक्नका लागि आग्रह गरेको हो ।

उपमहानगरपालिका शिक्षा समितिका संयोजक देवराज विकको अध्यक्षतामा बसेको बैठकले जेठ २३ गतेसम्म अनिवार्य रुपले सम्पूर्ण विवरण बुझाउन आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकले विद्यालयमा शुल्क उठाउने आधार, शीर्षक र प्रक्रियाका बारेमा स्पष्ट पार्नसमेत आग्रह गरेको छ । शिक्षा नियमावली २०५९ को नियम १४७ र अनुसूची २२ बमोजिम प्रक्रिया पु¥याएर जानकारी दिनका लागि पनि बैठकले आग्रह गरिएको छ ।

यसैगरी बैठकले छात्रवृत्ति वितरण गर्दा पारदर्शी रुपमा गर्नुपर्ने,संस्थागत विद्यालयले छात्रवृत्ति घोषणा गर्दा जनप्रतिनिधिको रोहवहरमा मात्रै घोषणा गर्नुपर्ने र यही जेठ ३० गतेसम्म यो आर्थिक वर्षको शुल्क विवरण बुझाउन सम्पूर्ण संस्थागत विद्यालयलाई आग्रह गरेको छ ।

(Visited 1 times, 1 visits today)

१८ जेष्ठ २०७५, शुक्रबार ११:११ मा प्रकाशित

शीर्ष खबर

सबै

बजेटका कमजोरी लुकाउन नेकपाका सांसदलाई ह्वीप !

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन्.....

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

संखुवासभा । अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको.....

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ : महतो

लहान । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल.....

स्पेन–पोर्चुगल बराबर, रोनाल्डोको ह्याट्रिक

मस्को । - २०१८ फिफा विश्वकपको समूह 'बी' को खेलमा स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका छन्।.....

तालिवान प्रमुख नेता फाज्लुल्लाह अफगानिस्तानमा मारिए

काबुल । पाकिस्तानका तालिवान नेता मुल्लाह फाज्लुल्लाह अफगानिस्तानमा मारिएका छन् । अफगानिस्तानको कुन्नर.....

Popular Posts