बलिउड फिल्म निर्देशक सुवास घई काठमाडौंमा

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १९ जेष्ठ २०७५, शनिबार १६:०३

काठमाडौं । बलिउड फिल्म निर्माता तथा निर्देशक सुवास घई नेपाल आएका छन्। उनी आइतबार काठमाडौंको होटल अन्नपूर्णमा आयोजना हुने फिल्म मेकिङ तथा मिडिया नोइङ सेमिनारका लागि काठमाडौं आएका हुन्। उनीसँगै बलिउड फिल्मका लेखक अञ्जुम राजाबली पनि आएका छन्।

उनीहरु मैतीदेवीमा रहेको कान्तिपुर फिल्म एकेडेमीको निमन्त्रणामा नेपाल आएका हुन्।

शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले नेपाली फिल्मकर्मीलाई फिल्म निर्माण, वितरणसँगै फिल्म सम्बन्धी ज्ञानलाई प्राथमिकता दिनुपर्ने महसुस गर्दै मुम्बईको फिल्म स्कुल विस्लिङ इन्टरनेसनलसँग सहकार्य गरेर सेमिनार आयोजना गर्न लागेको जानकारी दियो।

पत्रकार सम्मेलनमा बोल्दै निर्देशक घईले नेपालमा फिल्म र कलासम्बन्धी धरै सम्भावना रहेको र यसलाई केही व्यावसायिक रुपमा बढाउन सके नेपाली फिल्मबजार पनि अन्तर्राष्ट्रिय स्तरको बन्न सक्ने बताए। यसका लागि थुप्रै फिल्म स्कुल र सेमिनारहरुको खाँचो रहेको बताए।

घईले नेपाली चेली मनीषा कोइरालालाई बलिउडमा आफूले डेब्यू गराएको पनि स्मरण गरे। सन् १९९१ मा बनेको ‘सौदागर’ बाट मनीषाले बलिउडमा पाइला चालेकी थिइन्।

त्यसैगरी अपहरण, राजनीति, सत्याग्रह जस्ता चर्चित फिल्मका स्क्रिप्ट लेखक अञ्जुम राजाबलीले समय समयमा आयोजना हुने यस्ता सेमिनारले अनुभव आदानप्रदान हुने र त्यसले नयाँ बन्ने फिल्महरुमा नयाँपन आउने बताए।

होटल अन्नपूर्णमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने उक्त सेमिनारले नेपाली फिल्म मेकिङलाई अझ विस्तारित बनाउने विश्वास लिएको आयोजक कान्तिपुर फिल्म एकेडेमीले जनाएको छ।

(Visited 1 times, 1 visits today)

१९ जेष्ठ २०७५, शनिबार १६:०३ मा प्रकाशित

विशेष

सबै

सरकारको ५ महिना ‘कुशासनको मानक थालनी’

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ५ महिने अवधी पूरा गरेको छ । ५ महिने कार्यकाललाई ‘सुशासनको मानक थालनी’ दावी गर्दै सरकारले ७४ पृष्ठ लामो उपलब्धी पुस्तिका सार्वजनिक गरेको छ ।.....

अधिनायकवाद विरुद्ध लड्ने कि आफै लडेर सिद्धिने, नेविसंघले सोच्नुपर्छ : उपाध्यक्ष परियार

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष सागर परियारले विधानअनुसार थप हुने ३ महिनाको अवधिभित्र.....

संवाद

सबै
देउवा पौडेल अभिभावक, दोस्रो पुस्तामा पार्टी नेतृत्व : मिनेन्द्र रिजाल

समसामयिक राजनीतिक विषयमा नेपाली कांग्रेसका नेता एवं सांसद डा. मिनेन्द्र रिजालसंग गरिएको विचारोत्तेजक कुराकानी ।   डा.केसीको अनशन टुंगिएपछि काँग्रेसको धारणा के छ..

 

 

 

Popular Posts