साउथ चाइना सीबारे ‘गैरजिम्मेवार टिप्पणी’ चीनलाई अस्वीकार्य

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १९ जेष्ठ २०७५, शनिबार १६:०२

सिंगापुर । चीनका एक उच्च पदस्थ सैनिक अधिकारीले शनिबबार साउथ चाइना सीबारे अन्य मुलुकबाट आउने ‘गैरजिम्मेवार टिप्पणी’ आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् ।

सिङ्गापुरमा गरिएको सुरक्षा अधिकारीहरूको शिखरवार्ता (साङ्ग्रीला डायलग) मा बोल्दै चिनियाँ सैनिक अधिकारी लेफ्टिनेन्ट जनरल हे लेईले भन्नुभयो, “साउथ चाइना सीबारे अन्य मुलुकले गर्ने कुनैपनि गैरजिम्मेवार टिप्पणी चीनका लागि स्वीकार्य हुनेछैन ।”

अमेरिकी रक्षामन्त्री जिम म्याटिसले विवादास्पद सामुद्रिक क्षेत्र साउथ चाइना सीमा त्रास सिर्जना गरेको तथा दादागिरी देखाएको भन्ने शुक्रबार गरेको टिप्पणीको खण्डन गर्दै चिनियाँ सैनिक जनरल लेईले उक्त कुरा बताउनुभएको हो ।

यसअघि अमेरिकी रक्षामन्त्री म्याटिसले सिङ्गापुरमा भएको उक्त सैनिक शिखर भेलामा चीनले साउथ चाइना सी क्षेत्रमा सैनिक संरचना तथा हतियार प्रणालीको तैनादीबारे विवादास्पद गतिविधि भएको र यो छिमेकीलाई तर्साउन चालिएको चिनियाँ रणनीति भएको टिप्पणी गर्नुभएको थियो ।

(Visited 1 times, 1 visits today)

१९ जेष्ठ २०७५, शनिबार १६:०२ मा प्रकाशित

शीर्ष खबर

सबै

बजेटका कमजोरी लुकाउन नेकपाका सांसदलाई ह्वीप !

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन्.....

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

संखुवासभा । अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको.....

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ : महतो

लहान । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल.....

स्पेन–पोर्चुगल बराबर, रोनाल्डोको ह्याट्रिक

मस्को । - २०१८ फिफा विश्वकपको समूह 'बी' को खेलमा स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका छन्।.....

तालिवान प्रमुख नेता फाज्लुल्लाह अफगानिस्तानमा मारिए

काबुल । पाकिस्तानका तालिवान नेता मुल्लाह फाज्लुल्लाह अफगानिस्तानमा मारिएका छन् । अफगानिस्तानको कुन्नर.....

Popular Posts