राष्ट्रकवि घिमिरे उपचारपछि स्वदेश फिर्ता

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १९ जेष्ठ २०७५, शनिबार १६:२५

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे उपचारपश्चात भारतबाट आज स्वदेश फर्कनु भएको छ ।

भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराएर छोरा इन्दीवरको साथमा आज नेपाल वायु सेवा निगमको जहाजबाट दिउँसो स्वदेश फर्कनु भएको उहाँका छोरी उषा अधिकारीले जानकारी दिनुभयो ।

उपचारपछि आफू स्वस्थ्य भएर फर्किएको उहाँले बताउनुभएको उहाँका छोरी अधिकारीले जानकारी गराउनुभयो । मेदान्तमा उपचार गराएपछि स्वस्थ्य हुनु भएको राष्ट्रकवि घिमिरे चिकित्सकको सल्लाहमा नै घर फर्कनु भएको हो ।

उहाँका अनुसार राष्ट्रकवि घिमिरे पुनः एक महिनापछि नियमित स्वास्थ्य परीक्षणका लागि चिकित्सकको सल्लाहअनुसार मेदान्त अस्पताल जानु हुनेछ । राष्ट्रकवि घिमिरको सानो आन्द्राबाट रक्तस्राव नरोकिएपछि उपचारका लागि गत जेठ ९ गते नयाँदिल्लीस्थित मेदान्त अस्पताल लगिएको थियो ।

उहाँको स्वास्थ्यमा सुधार आएपछि गत सोमबार उच्च हेरविचार इकाई (हाइकेयर युनिट ) बाट गत जेठ १४ गते क्याबिनमा सारिएको थियो । मेदान्त अस्पतालका चिकित्सक डा रणवीर सुदको टोलीले उहाँको उपचार गरेको थियो ।

(Visited 1 times, 1 visits today)

१९ जेष्ठ २०७५, शनिबार १६:२५ मा प्रकाशित

शीर्ष खबर

सबै

नेविसंघको म्याद गुज्रियो, थप्ने की हटाउने ?

काठमाडौं । काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल बिद्यार्थी संघ नेविसंघको केन्द्रीय कार्यसमितिको म्याद आजबाट सकिँदै छ । कांग्रेसले आज राती सम्म म्याद थप नगरेमा नेविसंघको केन्द्रीय समिति स्वतः.....

मुलुक नै भूकम्प प्रतिरोधी बनाउने अभियानमा छौ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताएका छन् । २१औं.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts