नुवाकोटले फ्रेण्ड्स क्लबलाई हरायो

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १९ जेष्ठ २०७५, शनिबार १६:२३

विदूर । नुवाकोटमा जारी रहेको ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’मा आज घरेलु टोली नुवाकोटले फ्रेण्डस क्लब काठमाडौलाई ५–० गोल अन्तरले हराएको छ ।

बट्टारस्थित खेल मैदानमा भएको प्रतिस्पर्धामा नुवाकोट–११ ले बलियो प्रतिद्वन्द्वी फ्रेण्डस क्लबलाई फराकिलो गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

नुवाकोट टोलीले खेलको पहिलो हाफको ३३ मिनेटमा कप्तान राजकुमार कुमालले पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएको थियो । थप चार गोलहरु खेलको दोस्रो हाफको ४८ मिनेटमा भिक्टर अमुबी, ५५ औँ र ५९ औँ मिनेटमा अमिर श्रेष्ठ र ६९ मिनेटमा विकेश लामाले थपेपछि घरेलु टोली नुवाकोटको जित फराकिलो अन्तरले भएको हो ।

यसवर्ष मात्र स्थापित भएको नुवाकोट–११ टोलीले यसअघि पहिलो खेलमा चितवन–११ लाई हराएर अघिल्लो चरणमा प्रवेश गरेको थियो भने फ्रेण्डस क्बल लिग चरणको पहिलो खेलमा नै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

जिल्ला खेलकुद बिकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा भएको प्रतियोगिताको बिजेतालाई रु पाँच लाख र उपविजेतालाई रु तीन लाख पुरस्कार दिइनेछ ।

(Visited 1 times, 1 visits today)

१९ जेष्ठ २०७५, शनिबार १६:२३ मा प्रकाशित

विशेष

सबै

सरकारको ५ महिना ‘कुशासनको मानक थालनी’

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ५ महिने अवधी पूरा गरेको छ । ५ महिने कार्यकाललाई ‘सुशासनको मानक थालनी’ दावी गर्दै सरकारले ७४ पृष्ठ लामो उपलब्धी पुस्तिका सार्वजनिक गरेको छ ।.....

अधिनायकवाद विरुद्ध लड्ने कि आफै लडेर सिद्धिने, नेविसंघले सोच्नुपर्छ : उपाध्यक्ष परियार

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष सागर परियारले विधानअनुसार थप हुने ३ महिनाको अवधिभित्र.....

संवाद

सबै
देउवा पौडेल अभिभावक, दोस्रो पुस्तामा पार्टी नेतृत्व : मिनेन्द्र रिजाल

समसामयिक राजनीतिक विषयमा नेपाली कांग्रेसका नेता एवं सांसद डा. मिनेन्द्र रिजालसंग गरिएको विचारोत्तेजक कुराकानी ।   डा.केसीको अनशन टुंगिएपछि काँग्रेसको धारणा के छ..

 

 

 

Popular Posts