धरहरा आसपास डोजर चल्यो, पुनर्निर्माण सुरु हुँदै

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १९ जेष्ठ २०७५, शनिबार १६:३१

काठमाडौं ।  सुनधारामा धरहरा निमार्णका लागि त्यस आपसमा रहेका ठूला सरकारी कार्यालयसमेत हटाइने भएको छ । अहिले असपासका टहर भत्काइ रहेको महानगरपालिकाले गोश्वारा हुलाक कार्यालय, नेपाल बैंक लिमिटेड र टक्सार विभागका भवन पनि भत्काउने तयारी गरिएको छ ।

महानगरपालिका नगर प्रहरीका प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार धरहरालाई मौलिका स्वरुपमा निर्माण गर्न आसपासमा अरु कार्यालयमाप पनि हटाउने तयारी गरिएको हो । धरहरा पुनःनिर्माणका लागि जग्गा खाली गर्ने क्रममा शनिबार कर्मचारी सञ्चय कोषले निर्माण गरेका २३ वटा टहरा काठमाडौँ महानगरपालिकाले भत्काएको छ । कोषको पुरानो भवनमा जान बनाइएको बाटोमा टहरा बनाई भाडामा दिइएको थियो ।

भत्किएको धरहरा त्यही स्वरुपमा राखेर त्यस क्षेत्रको अर्को स्थानमा उही आकारप्रकारमा बनाउने तयारी गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

धरहरा पुनःनिर्माणका लागि नक्सांकनको काम अन्तिम चरणमा पुगेको छ । इच्छुक निर्माण व्यवसायीका लागि बोलपत्र आह्वान समेत भइसकेकाले असार दोस्रो सातासम्म धरहरा पुनःनिर्माण शुरु गर्ने प्राधिकरणको लक्ष्य छ ।

महानगरपालिकाले ऐतिहासिक स्थलको जग्गा मिचेर बनाइएका २२ वटा संरचना गत शनिबार भत्काएको थियो । ती संरचना महानगरपालिकासँग साइज वाकस ट्रेडर्सले भाडामा लिई बनाएको थियो । सम्झौता अवधि २०८२ सालसम्म भए पनि धरहरा पुनःनिर्माणका लाग जग्गा खाली गरिएको महानगरपालिकाले जनाएको छ ।

 

(Visited 1 times, 1 visits today)

१९ जेष्ठ २०७५, शनिबार १६:३१ मा प्रकाशित

शीर्ष खबर

सबै

बजेटका कमजोरी लुकाउन नेकपाका सांसदलाई ह्वीप !

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन्.....

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

संखुवासभा । अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको.....

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ : महतो

लहान । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल.....

स्पेन–पोर्चुगल बराबर, रोनाल्डोको ह्याट्रिक

मस्को । - २०१८ फिफा विश्वकपको समूह 'बी' को खेलमा स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका छन्।.....

तालिवान प्रमुख नेता फाज्लुल्लाह अफगानिस्तानमा मारिए

काबुल । पाकिस्तानका तालिवान नेता मुल्लाह फाज्लुल्लाह अफगानिस्तानमा मारिएका छन् । अफगानिस्तानको कुन्नर.....

Popular Posts