ट्रम्पले आफूले आफैलाई माफी दिए !

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २२ जेष्ठ २०७५, मंगलवार ०५:०७

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति चुनावमा रुसको कथित हस्तक्षेप र यससँग जोडिएका अन्य मामलाको अनुसन्धानको विषयमा आफूले आफैंलाई क्षमदान दिन ‘सम्पूर्ण अधिकार’ भएको बताएका छन् । यद्यपी, ट्रम्पले आफूले केही पनि गल्ती नगरेको पनि बताएका छन् । यसो भनेर अमेरिकी राष्ट्रपतिले त्यही कुरा दोहोराएका छन् जो उनका वकिलले अनुसन्धानको नेतृत्व गरिरहेका स्पेशल काउन्सिललाई जनवरीमा दिएको ज्ञापनपत्रमा उल्लेख गरेका थिए ।

आफ्नो ट्वीटमार्फत ट्रम्पले पुनः त्यो अनुसन्धान प्रक्रियालाई निशाना बनाएका छन् जसमा ट्रम्पले चुनावी अभियानमा रुससँग साँठगाँठ वा न्यायमा बाधा पुर्याउने कोसिस गरे नगरेको विषयमा निष्कर्ष निकाल्न खोजिएको छ । संविधान विशेषज्ञले उनले आफूलाई क्षमा गर्छन् वा गर्दैनन् भन्ने बारे भिन्न धारणा राखेका छन् ।

के लेखे ट्रम्पले ?

ट्रम्पले सोमबार ट्वीट गरेका छन्, ‘कानूनका थुप्रै जानकारले भनिसकेका छन् कि मैले आफूलाई क्षमा गर्ने पूरा अधिकार छ । तर मैले यस्तो किन गरुँला जबकी मैले केही गलत गरेकै छैन । यसैबीच मसँग अत्यधिक रिसाएका र आपसमा मतभेद राख्ने १३ डेमोक्रेट्स (र अन्य) को नेतृत्वमा मेरो विरुद्ध कहिले समाप्त नहुने अभियान जारी छ ।’

(Visited 1 times, 1 visits today)

२२ जेष्ठ २०७५, मंगलवार ०५:०७ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts