दोधारा–चाँदनी पुल जीर्ण, चुडिन सक्ने खतरा

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २२ जेष्ठ २०७५, मंगलवार ०५:१४

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीको मल्टीस्पान झोलुंगे पुल ठाउँ–ठाउँमा चुँडिन थालेको छ।

पुलमा बिछ्याइएका धातुका पाता, फलामे डोरी र मुख्य रड मर्मत सम्भारको अभावमा चुँडिन थालेका छन्। १ हजार ४ सय ५२ मिटर लामो पुलमा बिछ्याइएका पाता र फलामे डोरी ठाउँठाउँमा चुँडिएका छन्।

महाकाली नगरपालिका–६ का वडाध्यक्ष दिलबहादुर सिँजालीले चाँडै पुल टुट्ने अवस्थामा पुगेको बताए। पुलको धेरैजसो स्थानमा बिछ्याइएका पाता टुटेका र चारैतिरका फलामे डोरी चुँडिन थालेका कारण जुनसुकै बेला पनि पुल टुट्न सक्ने अवस्थामा रहेको सिजालीले दावी गरे। पुलका नटबोल्ट र रड खसेका छन् भने जाली च्यातिएका छन्।

पैदल, मोटरसाइकल तथा साइकलयात्रीको क्षमताभन्दा बढी भार बढ्दै गएकाले पुल कमजोर बन्दै गएको स्थानीय टीका उपाध्यायले बताइन्। उनले भनिन्,‘पुल कति बेला टुट्ने हो भन्ने थाहा छैन। कुन दिन भाँचिन्छ भन्ने पिरलो छ।’

महाकाली नगरपालिका र भीमदत्त नगरपालिकाले मिलेर तत्कालै पुलको मर्मत गर्नुपर्ने उनको भनाइ छ। ‘कति बेला दुर्घटना हुन्छ। कस्को ज्यान लिने गरी पुल भाँच्चिने हो कुन्नि थाहा छैन।,’ उपाध्यायले भनिन्। पुलको तेस्रो टावर नजिक पुल पूर्णरुपमा भाँचिने अवस्थामा रहेको हुँदा सरकारले प्राविधिक बोलाएर मर्मत सम्भार गर्न लाग्नुपर्ने स्थानीय बासिन्दाले बताएका छन्।

महाकाली नदीपारिका साविकको दोधारा र चाँदनी गाविस (हालको महाकाली नगरपालिका)का स्थानीयबासी १३ वर्षअघिसम्म सदरमुकाम आउजाउ गर्न भारतीय बाटो वनबासाको प्रयोग गर्थे। भीमदत्त नगरपालिका–१३ र महाकाली नगरपालिका–४ मा पर्ने महाकाली नदीमा २०६१ मा ९ करोड ४२ लाख बराबरको लागतमा झोलुंगे पुल निर्माण भएपछि सर्वसाधारणले राहत महसुस गरेका थिए। पुल पर्यटकको आकर्षणका रुपमा समेत रहेको छ।

‘महाकालीमा पक्की पुल निर्माण नहुञ्जेल हामीले झोलुंगे पुलको संरक्षण गर्न आवश्यक छ।’, स्थानीय गगन सिंहले भने। सम्बन्धित निकायको चरम लापर्बाहीका कारण दक्षिण एशियाको दोस्रो लामो झोलुंगे पुल मर्मतको अभावमा चुँडिने अवस्थामा पुगेको उनले आरोप लगाए।

सरकारी उदासीनताका कारण निर्माणको एक दशकमै मर्मत सम्भारको अभावमा अहिले पुल जीर्ण बनेको स्थानीयको बुझाइ रहेको छ। दोधारा चाँदनीलाई सदरमुकामसँग जोड्न पुल निर्माण गरिएको हो। अहिले दैनिक करीब ३ हजार यात्रुले पुलबाट ओहोरदोहोर गर्छन्।

पुल बनेपछि जिल्लाका ५०–६० हजार सर्वसाधारण प्रत्यक्ष लाभान्वित छन्। तर सर्वसाधारणभन्दा पनि भारतीय बजारबाट अवैध कारोबार गर्ने व्यापारीले बढी पुलको प्रयोग गर्दै आएका कारण पुलको यो अवस्था भएको बताइएको छ। रासस

(Visited 1 times, 2 visits today)

२२ जेष्ठ २०७५, मंगलवार ०५:१४ मा प्रकाशित

शीर्ष खबर

सबै

बजेटका कमजोरी लुकाउन नेकपाका सांसदलाई ह्वीप !

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन्.....

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

संखुवासभा । अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको.....

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ : महतो

लहान । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल.....

स्पेन–पोर्चुगल बराबर, रोनाल्डोको ह्याट्रिक

मस्को । - २०१८ फिफा विश्वकपको समूह 'बी' को खेलमा स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका छन्।.....

तालिवान प्रमुख नेता फाज्लुल्लाह अफगानिस्तानमा मारिए

काबुल । पाकिस्तानका तालिवान नेता मुल्लाह फाज्लुल्लाह अफगानिस्तानमा मारिएका छन् । अफगानिस्तानको कुन्नर.....

Popular Posts