पहिरोले बन्द मुग्लिन-नारायणगढ सडक खुल्यो

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २२ जेष्ठ २०७५, मंगलवार ०५:३७

नारायणगढ । अविरल वर्षापछि पहिरो जाँदा मंगलबार बिहानदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ। चितवनको चारकिलो भन्ने ठाउँमा पहिरो खस्दा बन्द भएको सडकमा बिहान पौने १० बजेदेखि दुवैतर्फ यातायात सञ्चालन भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

चारकिलोमा बिहान ५ बजेतिर पहिरो खसेर अवरुद्ध भएको सडक बिहान सात बजेदेखि एकतर्फी खुलाइएको थियो। तर लगत्तै फेरि सोही ठाउँमा अर्को पहिरो खसेपछि पूर्ण रूपमा यातायात बन्द भएको थियो।

बिहानदेखि लाम लागेका सयौं सवारीसाधन पहिरो पन्छाएपछि अहिले आ–आफ्ना गन्तव्यतर्फ लागेका छन्।

सडकमा अत्यधिक सवारी चापका कारण यातायात आवतजावत सहज हुन भने अझै तीन घण्टाभन्दा बढी समय लाग्ने देखिएको ट्राफिक प्रहरीले जनाएको छ।

बिहान १० बजेदेखि ४ बजेसम्म नियमित हुँदै आएको बन्द भने जाम खुलेर यातायात सहज भएपछि मात्रै गरिने चितवन प्रहरीले जनाएको छ।

चारकिलो भन्ने ठाउँमा पटक–पटक पहिरो जाने गरेका कारण नारायगढ–मुग्लिन सडकखण्डमा यात्रुहरूले सास्ती पाउँदै आएका छन्।

उक्त सडकको स्तरोन्नति गरिएको भनिए पनि पहिरो गएर सडक बन्द हुने क्रम रोकिएको छैन।

(Visited 1 times, 2 visits today)

२२ जेष्ठ २०७५, मंगलवार ०५:३७ मा प्रकाशित

शीर्ष खबर

सबै

बजेटका कमजोरी लुकाउन नेकपाका सांसदलाई ह्वीप !

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन्.....

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

संखुवासभा । अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको.....

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ : महतो

लहान । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल.....

स्पेन–पोर्चुगल बराबर, रोनाल्डोको ह्याट्रिक

मस्को । - २०१८ फिफा विश्वकपको समूह 'बी' को खेलमा स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका छन्।.....

तालिवान प्रमुख नेता फाज्लुल्लाह अफगानिस्तानमा मारिए

काबुल । पाकिस्तानका तालिवान नेता मुल्लाह फाज्लुल्लाह अफगानिस्तानमा मारिएका छन् । अफगानिस्तानको कुन्नर.....

Popular Posts