प्रवेश अधिकारीको उपन्यास आधा आकाश शनिबार विमोचन हुँदै

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २५ जेष्ठ २०७५, शुक्रबार १६:१९

काठमाडौं । युवा पत्रकार प्रवेश अधिकारीको पहिलो उपन्यास आधा आकाश शनिबार सार्वजनिक हुने भएको छ । लामो समय चितवनको सिनर्जी एफ.एम.मा काम गरेका अधिकारीले अध्ययनका क्रममा बेलायतमा ५ वर्ष बिताउदाका यथार्थलाई समेटेर आधा आकाश उपन्यास लेखेका हुन् ।

शनिबार बिहान ११ बजे लाजिम्पाटस्थित नेपाली चुल्हो रेष्टुरेण्टमा विशेष समारोहबीच आधा आकाश विमोचन गर्न लागिएको हो । सोसाईटी मिडियाले आयोजना गरेको सो कार्यक्रममा प्रा.डा. तुलसी भट्टराई, वरिष्ठ साहित्यकार बेञ्जु शर्मा, वरिष्ठ पत्रकार युवराज घिमिरे, कवि विप्लव प्रतिक, कवि ठाकुर बेल्वासे लगायतको उपस्थिति रहनेछ । लेखक स्वयं प्रकाशक रहेको उपन्यायको वितरक एमि इन्टरनेशनल रहेको छ ।

उपन्यासमा टायर फोर भिसामा बेलायत पुगेका नेपाली युवायुवतीको जीवनशैली एवं प्रेमप्रसंगलाई उठान गरिएको छ ।

(Visited 1 times, 1 visits today)

२५ जेष्ठ २०७५, शुक्रबार १६:१९ मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts