दाइजोको सुनबारे सोधेपछि सञ्चारमन्त्रीले नेपाल टेलिभिजनको कार्यक्रम नै बन्द गरिदिए

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ३० जेष्ठ २०७५, बुधबार १०:०४

काठमाडौं । नेपाल टेलिभिजनबाट विगत १२ वर्षदेखि नियमित प्रसारणमा रहेको “सिधा प्रश्न ?” नामक बहस कार्यक्रम संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाको ठाडो आदेशमा बन्द भएको छ ।

कार्यक्रम संचालनका क्रममा सञ्चारमन्त्री बाँस्कोटाले झुठ बोलेको रहस्य खुलेपछि उनले कार्यक्रम नै बन्द गरिदिएका हुन् । कार्यक्रम संचालक राजु थापाले मन्त्रीको आदेशमा कार्यक्रम बन्द भएको बताए ।

हुनत वर्तमान सञ्चारमन्त्री बाँस्कोटा पत्रकार नै हुन् । उनी अझैसम्म पनि नेपाल पत्रकार महासंघको सदस्य छन् ।

प्रश्न सोधेरै भरमा कार्यक्रम नै बन्द गर्ने हैसियतमा संचारमन्त्री पुगेका हुन् भने यो दुई तिहाइ सरकारले देखाएको दम्भ भएको समेत चर्चा चलेको छ ।

कार्यक्रम सञ्चालक थापाले कम्युनिस्ट सरकारका मन्त्रीहरुको दाइजोको प्रसंग उठाएपछि मन्त्री आक्रोशित हुँदै जाँदा अन्ततः कार्यक्रम नै बन्द भयो ।

मन्त्री बाँस्कोटासंगको कार्यक्रममा भएको चाहिँ के थियो त ?
मन्त्री – कम्युनिस्टको हुँदा चाहिँ के हुनुपर्ने तपाईँ बताइदिनु त मलाई।
सञ्चालक – तपाईँहरु त दाइजो विरोधी।
मन्त्री – दाइजो भनेर क–कसले राख्या छ ?
सञ्चालक – दाइजो भनेर नभने पनि श्रीमतीको विवाहमा आएको भनेर त तपाईँले राख्नुभा छ।
मन्त्री – श्रीमतीको विवाहमा आएको रे ?
सञ्चालक – विवाहमा माइती पक्षले दिएको भनेर त तपाईँले राख्नुभा छ।
मन्त्री – कति राख्या छ ?
सञ्चालक – तपाईँले १७ तोला त सुन राख्नुभा छ। ६० तोला चाँदी राख्नुभाछ।
मन्त्री – हो तर श्रीमतीको विवाहमा आएको भनेर मैले राख्या छैन।
सञ्चालक – माइतीबाट
मन्त्री – छैन। तपाईँ झुट बोल्दै हुनुहुन्छ।
सञ्चालक – म तपाईँलाई देखाइदिउँ ?
मन्त्री – मसित झुट बोल्नुपर्दैन। चार पाँच तोला श्रीमतीबाट आए होला। हो ? १७ तोला
सञ्चालक – तपाईँको सम्पति विवरण मसँग छ सर ।
मन्त्री – ठीक छ, ल्याउनुस्। दुनियाँलाई देखाउन राखेको हो।
सञ्चालक – तपाईँको सम्पति विवरणमा ।
मन्त्री – ठीक छ, राख्नुस्।
सञ्चालक – १७ तोला सुन
मन्त्री – हो।
सञ्चालक – र ६० तोला चाँदी चाहिँ
मन्त्री – हो।
सञ्चालक – विवाहमा दिएको माइतीले भनेर लेख्नुभा छ।
मन्त्री – हो।
सञ्चालक –अघि हैन भन्नुभो।
मन्त्री – हो दिएको हो। तर सबै दिएको हैन।

 

(Visited 1 times, 1 visits today)

३० जेष्ठ २०७५, बुधबार १०:०४ मा प्रकाशित

शीर्ष खबर

सबै

बजेटका कमजोरी लुकाउन नेकपाका सांसदलाई ह्वीप !

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन्.....

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

संखुवासभा । अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको.....

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ : महतो

लहान । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल.....

स्पेन–पोर्चुगल बराबर, रोनाल्डोको ह्याट्रिक

मस्को । - २०१८ फिफा विश्वकपको समूह 'बी' को खेलमा स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका छन्।.....

तालिवान प्रमुख नेता फाज्लुल्लाह अफगानिस्तानमा मारिए

काबुल । पाकिस्तानका तालिवान नेता मुल्लाह फाज्लुल्लाह अफगानिस्तानमा मारिएका छन् । अफगानिस्तानको कुन्नर.....

Popular Posts