श्रीमतीको हत्या गरेर भागेका माझी पक्राउ

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ३० जेष्ठ २०७५, बुधबार १५:१९

भक्तपुर । श्रीमतीको हत्या गरी फरार रहेका उमेशकुमार माझीलाई आज प्रहरीले पक्राउ गरेको छ ।

भोजपुर अरुण गाउँपालिका–४ चरब्दी घर भई हाल चाँगुनारायण नगरपालिका–७ खरिपाटी सैँजु डेरी नजिक राममाया कार्कीको घरमा डेरा गरी बस्ने उमेशप्रसादले यही जेठ २५ गते राति २८ वर्षीया श्रीमती सलेनाको टाउकामा बञ्चरोले हानेर हत्या गरेका थिए ।

महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले फरार माझीलाई काठमाडौँ कागेश्वरी नगरपालिका–२ आलापोटबाट पक्राउ गरेको हो । यसबारे अनुसन्धान शुरु गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिनुभयो । माझीको ११ वर्षीया छोरी र सात वर्षीय छोरा छन् ।

(Visited 1 times, 1 visits today)

३० जेष्ठ २०७५, बुधबार १५:१९ मा प्रकाशित

विशेष

सबै

सरकारको ५ महिना ‘कुशासनको मानक थालनी’

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ५ महिने अवधी पूरा गरेको छ । ५ महिने कार्यकाललाई ‘सुशासनको मानक थालनी’ दावी गर्दै सरकारले ७४ पृष्ठ लामो उपलब्धी पुस्तिका सार्वजनिक गरेको छ ।.....

अधिनायकवाद विरुद्ध लड्ने कि आफै लडेर सिद्धिने, नेविसंघले सोच्नुपर्छ : उपाध्यक्ष परियार

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष सागर परियारले विधानअनुसार थप हुने ३ महिनाको अवधिभित्र.....

संवाद

सबै
देउवा पौडेल अभिभावक, दोस्रो पुस्तामा पार्टी नेतृत्व : मिनेन्द्र रिजाल

समसामयिक राजनीतिक विषयमा नेपाली कांग्रेसका नेता एवं सांसद डा. मिनेन्द्र रिजालसंग गरिएको विचारोत्तेजक कुराकानी ।   डा.केसीको अनशन टुंगिएपछि काँग्रेसको धारणा के छ..

 

 

 

Popular Posts