५० हजार लिटर लोकल रक्सी बरामदपछि नष्ट

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ३० जेष्ठ २०७५, बुधबार १५:२४

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँले ५० हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ । परिसरले काठमाडौँका विभिन्न वृत्त तथा प्रभागबाट संकलन गरेको उक्त मदिरा आज नष्ट गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले काठमाडौँलाई घरेलु मदिरामुक्त क्षेत्र बनाउने उदेश्यले चालिएको कारबाहीमा उक्त मदिरा बरामद भएको बताउनुभयो । “काठमाडौँका विभिन्न वृत्त र प्रभागबाट एक हप्तामा संकलन गरिएको मदिरा आज नष्ट गरेका हौँ,” उहाँले भन्नुभयो । “घरेलु मदिरा सेवनबाट अधिकांश आपराधिक क्रियाकलापहरु हुने भएपछि उक्त अपराधलाई न्यूनीकरण गर्न विशेष कदम चालेका छौँ । ”

घरेलु मदिरा सेवनका कारण आपराधिक क्रियाकलाप बढ्ने, शान्तिसुरक्षा एवम् अमनचयनमा खलल पु¥याउने, अशान्ति पैदा हुने, हिंसाका घटना बढ्ने भएकाले अवैध घरेलु मदिरा बरामद गरिएको परिसरले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

३० जेष्ठ २०७५, बुधबार १५:२४ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts