हत्या आरोपमा २५ वर्ष जेल सजाय

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २ असार २०७५, शनिबार ०७:०३

फोनिक्स । एकजना अमेरिकी महिलालाई एक चिनियाँ विद्यार्थीको हत्या गरेको आरोपमा २५ वर्षको जेल सजाय सुनाएको छ ।

उनीमाथि एकजना चिनियाँ विद्यार्थीको हत्या गरेको आरोप छ । अमेरिकाको एरिजोना राज्यकी ती महिलालाई क्षमा दिन नमिल्ने र २५ वर्ष अघि उनको कारबाही घटाउन पनि नमिल्नेगरी सो सजायँ सुनाइएको छ ।

अमेरिकाको एरिजोना राज्यमा ती महिलाले सन् २०१६ मा १९ वर्षीय चिनियाँ विद्यार्थीको हत्या गरेकी थिइन् । सो मुद्दा चलिरहेको र उनलाई शुक्रबार एरिजोना राज्यको अदालतले उक्त कारबाही सुनाएको थियो ।

होली डेभिस् नाम गरेकी ती महिलाले चिनियाँ १९ वर्षीय विद्यार्थी जियान सुको हत्या गरेको खुलेको छ ।

सन् २०१६ मा हत्या भएपछि सोही अरोपमा उनलाई हिरासतमा लिइएको थियो । उनको हत्याको अभियोग प्रमाणित भएको भन्दै अदालतले सो फैसला गरेको बताइएको छ ।

सुको हत्या गरेर फरार रहेकी ती महिलालाई प्रहरीले तुरुन्तै नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो । उनको अभियोग प्रमाणित भएसँगै २५ वर्षको सजायँ सुनाइएको हो ।

(Visited 1 times, 1 visits today)

२ असार २०७५, शनिबार ०७:०३ मा प्रकाशित

विशेष

सबै

देउवाविरुद्ध पौडेल– सिटौला आक्रामक, शंशाक चुपचाप के को तयारीमा ?

समाजखबर, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला र शशांक कोइराला एकै ठाउँ उभिएको भए यतिबेला कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विराजमान नहुन सक्थे । तर.....

ढाड सेक्नेगरी बढ्यो कर, हेर्नुस् के मा कति बढ्यो ?

काठमाडौं । काठमाडौं । मंगलबारदेखि नयाँ आर्थिक वर्ष सुरु भएको छ । सरकारले गएको जेठ १५ गते बजेट भाषणमा उल्लेख गरेका.....

कांग्रेसको प्रदेश समिति अझै बन्न सकेन

काठमाडौं । मुलुक संघीय संरचनामा गएको तीन वर्ष पुग्नै लागे पनि कांग्रेसमा प्रदेश समिति बन्न सकेको छैन ।.....

कम्युनिष्टलाई मार्क्सवाद पढाउने कांग्रेस नेता !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा मसालका नेता-कार्यकर्ता अहिले माक्र्सवाद सिक्न व्यस्त छन् ।.....

भारतीय राज्यसभामा नेपाली पनि बोल्न पाइने

काठमाडौं । भारतीय राज्यसभाका सदस्यहरुले अब नेपाली र मैथिली भाषमा पनि बोल्न पाउने भएका छन्। राज्यसभाका सभापति एम.....

Popular Posts