तालिवान प्रमुख नेता फाज्लुल्लाह अफगानिस्तानमा मारिए

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २ असार २०७५, शनिबार ०७:०५

काबुल । पाकिस्तानका तालिवान नेता मुल्लाह फाज्लुल्लाह अफगानिस्तानमा मारिएका छन् । अफगानिस्तानको कुन्नर प्रान्तमा हवाइ कारबाहीमा उनी मारिएको अफगानिस्तानी रक्षा मन्त्रालयका प्रवक्ता जनरल मोहम्मद रदमानीशले शुक्रबार जानकारी दिनुभयो ।

रदमानीशले सिन्ह्वालाई टेलिफोनमा भन्नुभयो, “पछिल्लो एक गोप्य सूचनाका आधारमा अफगानिस्तानको कुनार प्रान्तमा पर्ने मारावारा जिल्लामा तालिवान विरुद्ध एउटा हवाई आक्रमण भएको थियो । सो आक्रमण स्थानीय समय अनुसार बिहीबार राती २.३० बजे भएको थियो ।” उहाँले थप्नुभयो, “आक्रमणमा परी मारिने नेता तार्हिक ए–तालिवान पाकिस्तानका प्रमुख नेता रहेका छन् ।”

उहाँले घटनामा परी लडाकूहरु तर्फ अरु पनि कोही मारिएको वा नमारिएको बारेमा भने केही बताउनु भएन । फाज्लुल्लाह मारिएको र उनको सवारी साधन पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रवक्ताको भनाई छ ।

पाकिस्तानी अधिकारीहरुका नुसार मारिएका फाज्लुल्लाह पाकिस्तानमा अत्यधिक खोजीको सूचीमा रहेका व्यक्ति हुन् । प्रवक्ता रदमानीशले धेरै विवरण नवताई छोटकरीमा भन्नुभयो, “मुल्लाह फाज्लुल्लाह बिहीबार नै मारिएका हुन्, म त्यही पुष्टी गर्दछु ।”

सैन्य अधिकारीहरुले दिएको यस विवरणका बारेमा तालिवानको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

(Visited 1 times, 1 visits today)

२ असार २०७५, शनिबार ०७:०५ मा प्रकाशित

Popular Posts