बाँदरले सेल्फी खिचेपछि चर्चैचर्चा !

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २१ असार २०७५, बिहीबार ०८:५४

एजेन्सी । सन् २०११ मा इण्डोनेसियाको एउटा ६ वर्षीय बाँदरले एक व्यक्तिले ट्राइपडमा राखेको क्यामेराको लेन्समा अनुहार पुर्‍याएर बटन थिच्यो। क्यामेरामा बाँदरको ङिच्च हाँसेको सेल्फी कैद हुन पुगेको थियो।

त्यो फोटो इन्टरनेटमा छ्याप्छ्याप्ती भएपछि नारुतो नामक सो लंगुर सेलिब्रेटी बन्यो। तर त्यही सेल्फी कसको भन्ने विषयमा कानुनी लडाइँ सुरु हुन पुग्यो। जनावरअधिकारवादीहरुको एउटा समूहले त्यो सेल्फीको मालिक नारुतो हुनुपर्ने दाबी गर्‍यो भने क्यामराधनी व्यक्तिले आफू फोटोको हकदार भएको दाबी गरे।

२०१६ मा क्यालिफोर्नियाको संघीय अदालतले सेल्फी क्यामेरा मालिकको भएको फैसला गर्‍यो। तर कानुनी लडाइँ टुंगिएको थिएन।

गत सोमबार विपक्षीबीच मिलापत्र भएपछि अदालतले मुद्दा खारेज गर्ने भएको छ।

क्यामेराधनी बेलायती फोटोग्राफर डेविड जे स्लेटरले फोटोबाट अब हुने कमाइको २५ प्रतिशत रकम नारुतोको हेरचाह गर्ने संस्थालाई दान गर्ने भएपछि सो मिलापत्र सम्भव भएको हो।

नारुतो इण्डोनेसियाको सुलावेसी टापुस्थित तांगकोको संरक्षण क्षेत्रमा बस्दछ।पिपुल्स फर द एथिकल ट्रिटमेन्ट अफ एनिमल ९पेटा० ले नारुतोको पक्षबाट मुद्दा लडेको थियो। यद्यपि स्लेटरले कति रकम संस्थालाई दान गर्नेछन् भन्ने स्पष्ट भएको छैन।

अमेरिकी कानुनअनुसार फोटोको कपीराइट फोटो खिच्ने व्यक्तिको हुने गर्दछ। त्यसैले बाँदरले फोटो लिएको हुनाले त्यसको कपीराइट पनि बाँदरकै हुने पेटाले तर्क गरेको थियो। तर जनवरी २०१६ मा कपिराइट कानुनमा जनावरहरुलाई सामेल नगरिएको बताउँदै नारुतोको विपक्षमा अदालतले फैसला दिएको थियो।

(Visited 1 times, 1 visits today)

२१ असार २०७५, बिहीबार ०८:५४ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts