एक करोडको लगानीमा फिटनेश सेन्टर सञ्चालन

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २१ असार २०७५, बिहीबार ०९:०३

दाङ । जिल्लामा पहिलो पटक सुविधा सम्पन्न फिटनेश सेन्टर सञ्चालनमा आएको छ ।

तुलसीपुर–५ वेष्टन प्यालेसको हलमा रु एक करोडको लागतमा ‘वेष्टर्न प्यालेस प्रालि’ले फिटनेश सेन्टर सञ्चालन गरेको हो । सञ्चालक कृष्ण खड्काका अनुसार फिटनेश सेन्टरमा काडियो, जिम, सोनाबाथ, सालसा जुम्बा, लकर लगायतका सुविधा रहेका छन् ।

फिटनेश सेन्टरमा युवायुवतीका साथै सबै उमेर समूहकाले व्यायाम गर्ने व्यवस्था छ । फिटनेश सेन्टरको आज तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावतले उद्घाटन गर्नुभयो । शारीरिक सुगठनका लागि फिटनेश सेन्टरले महत्वपूर्ण भूमिका खेल्ने र यो स्वास्थ्यका लागि आवश्यक भएको उहाँले बताउनुभयो ।

वरिष्ठ प्रहरी उपरीक्षक दिलीपकुमार चौधरीले सुविधा सम्पन्न फिटनेश सेन्टर सञ्चालन हुनु सबैका लागि फाइदाको कुरा भएको बताउनुभयो । उक्त सेन्टर बिहान पाँच बजेदेखि साँझ ९ बजेसम्म सञ्चालन हुने बताइएको छ ।

(Visited 1 times, 1 visits today)

२१ असार २०७५, बिहीबार ०९:०३ मा प्रकाशित

शीर्ष खबर

सबै

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह पंचमीको अवसरमा जन्ती बनेर जनकपुर आएका योगीले आगन्तुपक पुस्तिकामा जनकपुरधाममा पूजा अर्चना गर्न.....

१० वर्षमा साढे दुई गुणा मुद्दा बढ्यो

काठमाडौं । नेपालमा दश वर्षको अवधिमा उल्लेख मात्रमा मुद्दा संख्‍या बढेको छ । सर्वोच्च अदालतले संक्षिप्त रुपमा.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts