समीरलाई ‘बम–सरस्वती स्मृति पुरस्कार’

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २१ असार २०७५, बिहीबार १०:५५

बागलुङ । धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको ‘बम–सरस्वती स्मृति पुरस्कार’ युवा साहित्यकार प्रकाश समीरलाई प्रदान गर्ने भएको छ । बागलुङ घर भई हाल बेल्जियममा बस्ने कवि दीपेन्द्र केसीद्वारा हजुरबुबा बमबहादुर र हजुरआमा सरस्वती केसीको स्मृतिमा स्थापित यो पुरस्कारबाट समीर पुरस्कृत हुन लाग्नुभएको हो ।

रु १० हजार राशिको पुरस्कार यही असार २९ गते २०५औँ भानु जयन्तीका अवसरमा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । समीरले नेपाली भाषा र साहित्यको उन्नयनमा पु¥याउनुभएको योगदानस्वरुप पुरस्कार दिन लागिएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताउनुभयो । गोधुली साहित्यिक प्रतिष्ठानका अध्यक्ष रहनुभएका समीर अन्य साहित्यिक संघसंस्थामा समेत क्रियाशील हुनुहुन्छ ।

समीरका ‘आँशुका सौगातहरु’ गजल सङ्ग्रह, ‘श्रीपेच नभएका राजाहरु’ निबन्ध, ‘जिन्दगी’ र ‘सिर्जना साहित्य सिकाइ’ लगायतका पुस्तक प्रकाशित छन् । बागलुङको तित्याङमा जन्मनुभएका समीर भद्रकुमारी घले सेवा समाजको महासचिवसमेत हुनुहुन्छ । “उहाँको साहित्यिक योगदान र क्रियाशीलताको कदर गरेर पुरस्कृत गर्न लागिएको हो,” प्रतिष्ठानका अध्यक्ष रोशनले भन्नुभयो ।

प्रतिष्ठानले हरेक वर्ष साहित्यमा योगदान पु¥याएको व्यक्तित्वलाई पुरस्कृत गर्दै आएको छ ।
अघिल्लो पुरस्कार चितवनका साहित्यकार ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’ लाई प्रदान गरिएको थियो ।

(Visited 1 times, 1 visits today)

२१ असार २०७५, बिहीबार १०:५५ मा प्रकाशित

विशेष

सबै

देउवाविरुद्ध पौडेल– सिटौला आक्रामक, शंशाक चुपचाप के को तयारीमा ?

समाजखबर, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला र शशांक कोइराला एकै ठाउँ उभिएको भए यतिबेला कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विराजमान नहुन सक्थे । तर.....

ढाड सेक्नेगरी बढ्यो कर, हेर्नुस् के मा कति बढ्यो ?

काठमाडौं । काठमाडौं । मंगलबारदेखि नयाँ आर्थिक वर्ष सुरु भएको छ । सरकारले गएको जेठ १५ गते बजेट भाषणमा उल्लेख गरेका.....

कांग्रेसको प्रदेश समिति अझै बन्न सकेन

काठमाडौं । मुलुक संघीय संरचनामा गएको तीन वर्ष पुग्नै लागे पनि कांग्रेसमा प्रदेश समिति बन्न सकेको छैन ।.....

कम्युनिष्टलाई मार्क्सवाद पढाउने कांग्रेस नेता !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा मसालका नेता-कार्यकर्ता अहिले माक्र्सवाद सिक्न व्यस्त छन् ।.....

भारतीय राज्यसभामा नेपाली पनि बोल्न पाइने

काठमाडौं । भारतीय राज्यसभाका सदस्यहरुले अब नेपाली र मैथिली भाषमा पनि बोल्न पाउने भएका छन्। राज्यसभाका सभापति एम.....

Popular Posts