दोहोरो अंकले बढ्यो सेयर बजार

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २१ असार २०७५, बिहीबार १०:५१

काठमाडौं । शेयर बजार आज दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजारको मापक नेप्से परिसूचक ३६.०१ प्रतिशतले वृद्धि भएर एक हजार २२४.४१ बिन्दुमा पुगेको छ ।

आज ‘क’ वर्गका कम्पनीको शेयर मापक परिसूचक सेन्सेटिभ इन्डेक्ससमेत ७.५१ बिन्दुले बढेर २५७.४६ बिन्दुले बढेको छ । लगातार ओरालो लाग्दै आएको बजारमा आज भने सबै उपसूचकमा हरियाली छाएको छ । सबै उपसूचकमा हरियाली छाएर साताको अन्तिम दिन शेयर बजारले लगानीकर्तामा उत्साह थपिदिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कूल १६८ कम्पनीको १२ लाख एक हजार ४३३ कित्ता शेयर रु ४६ करोड २० लाख १८ हजार ६३० मूल्यमा खरिद बिक्री भएको छ । आज कारोबार रकममा समेत वृद्धि भएको छ ।

स्टकका अनुसार बैंकिङ २६.७७, होटल ५८.६, विकास बैंक ३७.२८, जलविद्युत् ५२.०२, वित्त ८.७८, बीमा ३२२.४३, अन्य ८.४८ र माइक्रोफाइनान्स ८५.९ बिन्दुले बढेको छ । आज व्यापार समूह समान्य रह्यो भने उत्पादन समूह भने ३७.३४ बिन्दुले घटेको छ ।

–रासस

(Visited 1 times, 1 visits today)

२१ असार २०७५, बिहीबार १०:५१ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts