सरकारको प्रतिवाद गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २१ असार २०७५, बिहीबार १०:५४

 

काठमाडौं । नेपाली कांग्रेसले अघिल्लो सरकारले गरेको नियुक्ति वर्तमान सरकारले खारेज गरेर ठुलो गल्ती गरेको टिप्पणी गरेको छ । यो निर्णयलाई कांग्रेसले प्रतिवाद गरेर अगाडि बढ्ने बताएको छ ।

बिहीबार पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शेरबहादुर देउवा सरकारले गरेको नियुक्ति खारेज गरेर सरकारले विधिको शासनको उलंघन गर्नुका साथै द्वन्द्व बढाउन चाहेको बताएका हुन् ।

प्रश्न व्यक्तिको होइन, विधिको हो । शर्माले भने ‘यो निर्णयले एकातर्फ विधिलाई उलंघन गरेको छ भने अर्कोतर्फ यो निर्णयमार्फत सरकारले द्वन्द्वका लागि प्रतिपक्षलाई खुला आमन्त्रण गरेको ठहर हामीले गरेका छौं ।’

सहज राजनीतिक अवस्थामा मुलुकलाई हार्दिक ढंगले अघि बढाउनुपर्ने प्रधानमन्त्रीले त्यसको विपरीतको बोली र व्यवहार प्रस्तुत गरेपछि प्रतिवाद गर्नुपर्ने कांग्रेसको कर्तव्य हुने प्रवक्ता शर्माको भनाइ छ।

माइतीघर मण्डला लगायतका ठाउँमा सभा र प्रदर्शन गर्न निषेध गर्नुलाई सरकारको निरंकुशतातर्फको यात्रा भन्दै कांग्रेसले निषेधाज्ञा फिता नलिए त्यसलाई निरन्तर उलंघन गरिरहने बताएको छ ।

(Visited 1 times, 1 visits today)

२१ असार २०७५, बिहीबार १०:५४ मा प्रकाशित

Popular Posts