विधिसम्मत नियुक्ति खारेज गरिएकोमा देउवा रुष्ट

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २३ असार २०७५, शनिबार ०१:०५

मन्थली । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले आफू नेतृत्वको सरकारले विधि सम्बत गरेका राजनीतिक नियुक्ती बदर गरेको भन्दै वर्तमान सरकारको आलोचना गर्नुभएको छ ।

काँग्रेस नगर समिति रामेछापले गरेको कार्यक्रममा सभापति देउवाले सरकार स्वेच्छाचारी ढंगले अधिनायकबादतर्फ अघी बढेको आरोप लगाउनुभयो ।

देउवाले भन्नुभयो, ‘मैले निर्वाचन आयोगको सहमति लिएर गरेका नियुक्तीहरु वदर गर्नुपर्ने कुनै कारणै थिएन, ती सवै नियुक्ती विधिसम्मत थिए, सरकारले विधि कुल्चिदै बदर गर्ने फैसला गरेको छ ।’ उहाँले सरकारको पछिल्लो निर्णयमा कांग्रेस मौन नबस्ने चेतावनी समेत दिनुभयो । ओली नेतृत्वको सरकारले दुइ तिहाइको दम्भमा लोकतन्त्रको मूल्य मान्यता भन्दा बाहिर गएर यत्रतत्र भाडभैलो सृजना गरीरहेको भन्दै देउवाले आक्रोश व्यक्त गर्नुभयो ।

(Visited 1 times, 1 visits today)

२३ असार २०७५, शनिबार ०१:०५ मा प्रकाशित

विशेष

सबै

देउवाविरुद्ध पौडेल– सिटौला आक्रामक, शंशाक चुपचाप के को तयारीमा ?

समाजखबर, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला र शशांक कोइराला एकै ठाउँ उभिएको भए यतिबेला कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विराजमान नहुन सक्थे । तर.....

ढाड सेक्नेगरी बढ्यो कर, हेर्नुस् के मा कति बढ्यो ?

काठमाडौं । काठमाडौं । मंगलबारदेखि नयाँ आर्थिक वर्ष सुरु भएको छ । सरकारले गएको जेठ १५ गते बजेट भाषणमा उल्लेख गरेका.....

कांग्रेसको प्रदेश समिति अझै बन्न सकेन

काठमाडौं । मुलुक संघीय संरचनामा गएको तीन वर्ष पुग्नै लागे पनि कांग्रेसमा प्रदेश समिति बन्न सकेको छैन ।.....

कम्युनिष्टलाई मार्क्सवाद पढाउने कांग्रेस नेता !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा मसालका नेता-कार्यकर्ता अहिले माक्र्सवाद सिक्न व्यस्त छन् ।.....

भारतीय राज्यसभामा नेपाली पनि बोल्न पाइने

काठमाडौं । भारतीय राज्यसभाका सदस्यहरुले अब नेपाली र मैथिली भाषमा पनि बोल्न पाउने भएका छन्। राज्यसभाका सभापति एम.....

Popular Posts