लर्ड्समा खेल्ने नेपाली क्रिकेट टोलीमा को को परे ?

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २३ असार २०७५, शनिबार ०१:१२

काठमाडौँ । बेलायतको लर्ड्समा हुने मेरिलोबन क्रिकेट क्लब (एमसिसी) र नेदरल्याण्ड्ससँग खेल्नका लागि आज २० सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको छनोट भएको छ ।

आइसिसीका प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनोट समितिले २० सदस्यीय टोलीको घोषणा गरेको हो । छनोट हुनेमा कप्तान खड्कासहित विनोद भण्डारी, सुवास खकुरेल र प्रदीप ऐरी छन् । उनीहरुले पुनरागमन गरेका हुन् ।

त्यसैगरी हरि क्षेत्री नयाँ अनुहारका रुपमा छनोट भएका छन् । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा हरिले उदीयमान खेलाडीको उपाधि जितेका थिए । त्यस्तै छनोट हुने अन्य खेलाडीमा सन्दीप लामिछाने, अनिलकुमार साह, ललित राजवंशी, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, रोहितकुमार पौडेल, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुशान भारी र सुनिल धमला छन् ।

नेपालले आगामी साउन १३ गते टी ट्वान्टी फरम्याटमा लर्ड्समा एमसिसी र नेदरल्याड्ससँग खेल्नेछ । उक्त प्रतियोगिताका लागि शनिबारदेखि बन्द प्रशिक्षण शुरु हुनेछ । – रासस

(Visited 1 times, 1 visits today)

२३ असार २०७५, शनिबार ०१:१२ मा प्रकाशित

विशेष

सबै

देउवाविरुद्ध पौडेल– सिटौला आक्रामक, शंशाक चुपचाप के को तयारीमा ?

समाजखबर, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला र शशांक कोइराला एकै ठाउँ उभिएको भए यतिबेला कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विराजमान नहुन सक्थे । तर.....

ढाड सेक्नेगरी बढ्यो कर, हेर्नुस् के मा कति बढ्यो ?

काठमाडौं । काठमाडौं । मंगलबारदेखि नयाँ आर्थिक वर्ष सुरु भएको छ । सरकारले गएको जेठ १५ गते बजेट भाषणमा उल्लेख गरेका.....

कांग्रेसको प्रदेश समिति अझै बन्न सकेन

काठमाडौं । मुलुक संघीय संरचनामा गएको तीन वर्ष पुग्नै लागे पनि कांग्रेसमा प्रदेश समिति बन्न सकेको छैन ।.....

कम्युनिष्टलाई मार्क्सवाद पढाउने कांग्रेस नेता !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा मसालका नेता-कार्यकर्ता अहिले माक्र्सवाद सिक्न व्यस्त छन् ।.....

भारतीय राज्यसभामा नेपाली पनि बोल्न पाइने

काठमाडौं । भारतीय राज्यसभाका सदस्यहरुले अब नेपाली र मैथिली भाषमा पनि बोल्न पाउने भएका छन्। राज्यसभाका सभापति एम.....

Popular Posts