अनसनरत डा.केसीको स्वास्थ्य कमजोर बन्दै

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २३ असार २०७५, शनिबार ०१:१६

जुम्ला । – डा गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको उपचारमा संग्लन डाक्टर प्रवीण गिरीले बताएका छन् ।

‘शरीरमा चिनीको मात्रा घटेको छ, रोगसँग लड्ने क्षमता पनि क्रमश घट्दै छ, पिसाब भएको छैन । सातौँ दिनसम्म खाना र पानी नखाएकाले कमजोर बन्दै जानुभएको छ,’ डा गिरीले भने ।

केसीलाई स्लाइन र अक्सिजन मात्रै दिइएको उनले बताए । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

सरकारले चिकित्सा शिक्षा अध्यादेश तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन लागेपछि केसी त्यसको विरोधमा केसी अनशन बसेका हुन् ।

(Visited 1 times, 1 visits today)

२३ असार २०७५, शनिबार ०१:१६ मा प्रकाशित

Popular Posts